News

Dec 23, 2007

लिम्बूवान विकास परिषद' हङकङको सातौं वाषिर्कोत्सव सम्पन्न

लिम्बूवान व्लगस्पोट हङकङ
लिम्बूवान विकास परिषद' हङकङको सातौं वाषिर्कोत्सव २३ डिसेम्बर, २००७ का दिन सम्पन्न भएको छ । लिम्बूवान विकास परिषद' हङकङका अध्यक्ष प्रकाश यक्सोले अध्यक्षता गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्यः परिषदका कोषाध्यक्ष श्रीमति हाङसामा आङबुहाङ लिम्बूले गर्नु भएको थियो । उक्त भेलाको
छलफलमा परिषदका सदस्य अमन सोदेम्वा लिम्बू र जे. वी. माइथाक लिम्बूको पनि भूमिका रहेको थियो । लिम्बूवान विकास परिषद, हङकङका अध्यक्ष प्रकाश यक्सोद्वारा प्रतिवेदन वाचन गरीए पछि प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरीएको थियो । लिम्बूवान विकास परिषद,हङकङको सातौं वाषिर्कोत्सवको भेला -बैठक) ले पारित गरेको निर्णय तथा मागहरुमा नेपालमा संविधान सभाको चुनाव अगावै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बूवान क्षेत्रीय स्वायत्त राज्यको सुनिश्चिताको ग्यारेण्टीको लागि सबै राजनैतिक दल तथा सरकारलाई लिम्बूवान विकास परिषद, हङकङ जोडदार माग गर्दछ साथै संविधानसभाको चुनावमा 'लिम्बूवान मुक्ति मोर्चा' नेपालले पनि लिम्बूवान स्वायत्त राज्यको तर्फाट पूर्ण सहभागिता जनाउदै लिम्बूवान स्वायत्त राज्यको ९ वटै जिल्लाहरु -ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) मा आफ्नो उमेरद्वारीहरु खडा गर्न गराउँन कुनै विलम्ब नगर्न लिम्बूवान विकास परिषद, हङकङ हार्दिक आव्हान गर्दछ । परिषदका सचिव देबेन्द्रकुमार शेर्माले कार्यक्रम सञ्चालन गर्नु भएको कार्यक्रम प्रतिवेदन पारित भए पाश्चात अध्यक्ष प्रकाश यक्सोद्वारा कार्यक्रम समापन गरीएको थियो ।

No comments: