News

Dec 2, 2007

लिम्बूवान राष्ट्रिय मोर्चा हङकङको भर्त्सना

मुलुकलाई राजनैतिक संकटग्रस्त अवस्थावाट निकास दिन सामन्तवादको अन्त्य र गणतान्त्रिक संघात्मक साशन व्यवस्थाको स्थापना गरी मुलुकलाई दिगो बिकास र स्थायी शान्तिको चरणमा पुर्‍याउन संघर्षरत होनहार युवक कर्मयोद्धा राज कुमार आङदेम्बे लिम्वूको रक्तपिपासु सामन्ती एवं पुरातन ब्राम्हणवादी राज्य सत्ताले गरेको क्रूर हत्याको लिम्बूवान राष्ट्रिय मोर्चा घोर भर्त्सना गर्दछ । मुलुकमा सामन्ती राजतन्त्रको समुल नष्ट साथै सामन्ती राजतन्त्रको आडमा जनतामाथि शोषण गर्ने र्सवसत्तावादी चरित्रभएका नेताहरुको दाहसंस्कार नभएसम्म मुलुकले सहि निकास नपाउने पक्का पक्कि छ । उदाहरण स्वरुप जातीय तथा वर्गीय असमानताको सन्तुलन एवम् ऐतिहासिक पृष्ठभुमिको आधारमा राष्ट्रको पुनर्निमाण गरी केन्द्रिकृत राज्य व्यवस्थाको विकल्पमा राज्यलाई समाबेसि लोकतन्त्रमा आधारित गणतान्त्रिक संघात्मक साशन व्यवस्थामा परिणत गर्दै दिगो विकास तथा स्थायी शान्तिको स्थापना गरी सम्पूर्ण आदिवासी जनजातीहरुलाई राष्ट्रको मूल प्रवाहमा समाहित गरी राष्ट्रको सर्वाङ्गीण विकासमा जुट्ने प्रतिवद्धता जाहेर गरेतापनि सामन्तवाद तथा पुरातन ब्राम्हणवादी सोचवाट ग्रस्त नेताहरु राष्ट्रको उच्च ओहोदामा आसिन भएका कारण गणतान्त्रिक संघात्मक साशन व्यवस्था अहिले अत्यन्त संकटमा फसेको कुरा घाम जस्तै छर्लङ्ग छ । सरकार वार्ताको जाल फालेर जनतालाई अल्मल्याउने खेल खेलिरहेको छ । यो नै अहिले दुर्भाग्य सावित भएको छ । यदि सरकार जनपक्षीय हो भने किन जनताको आवश्यकताको सम्बोधन गर्न चाहादैन? यसको अर्थ सरकार अझै निरङकुश बन्न चाहन्छ र जनजातिहरुमाथि साशन लादन चाहन्छ , तर यो अव सम्भव छैन ।जनताको आखामा छारो हाल्ने दुस्प्रयासको परिणामस्वरुप आज मुलुकमा बिभिन्न जाति सम्प्रदायहरुले आफ्नो अधिकार तथा गणतान्त्रिक संघात्मक शासन व्यवस्थाको स्थापनाको लागि जनआन्दोलन गरिरहनु परेको छ । त्यसको दमनको निमित्त सामन्ती राज्य सत्ताले कुनै कसरत वाँकी राखेको छैन । अव हामी सवै नेपालीहरु एकभएर यथास्थितिवादी, साम्प्रदायिक तथा सामन्ती सोचबाट ग्रस्त राज्य सत्ताको सारथीहरुलाई परास्त गरी नयाँ एबम् गणतान्त्रिक संघात्मक शासन व्यवस्थाको स्थापनाको निम्ति संघर्षमा जुटनुको विकल्प नरहेको स्पष्ट पार्दै गणतान्त्रिक संघात्मक शासन व्यवस्था, जातीय, भाषिक एवम् ऐतिहासिक पृष्ठभुमिमा आधारित सँघात्मक स्वरुपको आधुनिक नेपालको पुनर्निर्माण गर्न तमाम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई एकजुट भई संघर्षको मैदानमा उत्रन आव्हान गर्दछौ । लिम्बूवानवासीहरुले शदियौ देखि लिम्बुवानको खातिर दिएका रगत र बलिदानका बारेमा इतिहास ज्वलन्त साक्षि छ । कसैले कहिंवाट यसलाई महत्व नदिएको तितो सत्यको प्रतिफल त्यो रगतले भित्र भित्रै लाखौ रक्तविजहरुको जन्म गरिरहेको छ । अवको लिम्बूवानको रगतलाई बिगतको रगतसंग कसैले तुलना गर्छभने त्यो मूर्खता सिवाय अरुकेही हुन सक्दैन । यस युगको एकथोपा रगतले निश्चित रुपमा निर्णायक भूमिका निर्वाह गर्नेछ । लिम्बूवान राष्ट्रिय मोर्चा, राज कुमार आङदेम्बे लिम्वूको दिवंगत आत्माको चीर शान्तिको कामना र शोक संतप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै, धैर्यधारण गर्ने शक्ति प्रदान गरोस भनी तागेरा निङवाभु माङसंग प्रार्थना गर्दछ । अन्त्यमा दोषिमाथि कार्वाही, पिडितपक्षलाई राहत र राज कुमार आङदेम्बे लिम्वूलाई तत्काल शहिद घोषणा गर्न नेपाल सरकारसंग लिम्बूवान राष्ट्रिय मोर्चा जोडदार माग गर्दछ ।
लिम्बूवानवासी एक होऔं ! जय लिम्बुवान !!

No comments: