News

Dec 2, 2007

लिम्बूवान विकास परिषद, हङकङको - प्रेस विज्ञप्ति

लिम्बूवान स्वायत्त राज्य प्राप्तिका लागि सन् १९८६ सालदेखि 'लिम्बूवान मुक्ति मोर्चा' नेपालले निरन्तर संघर्ष गर्दै आइरहेको सर्वविद्घीतै छ । त्यसैको पृष्ठभूमिमाथि उभिएर लिम्बूवान स्वायत्त राज्य प्राप्तिका लागि हङकङेली लिम्बूवानवासीहरुको भूमिकालाई सधैं उच्च र गाढा राख्नका लागि २३ डिसेम्वर, २००१ का दिन हङकङमा 'लिम्बूवान विकास परिषद' नामक एक क्षेत्रीय राजनैतिक संगठन गठन भएको थियो । यो संगठनले स्थापनाकालदेखि लिम्बूवान स्वायत्त राज्यको निमित्त सकेसम्म खबरदारीको आवाज उठाउदै, प्रचार प्रसार र जनचेतना अभिवृद्घी गर्दै आइरहेको पनि विद्घीतै छ । अझ स्पष्टसंग भन्नुपर्दा यसले वि. सं. २०५१ सालमा लिम्बूवान-नेपालमा 'लिम्बूवान मुक्ति मोर्चा' सुनसरी जिल्ला कमिटिको नामले लिम्बूवान स्वायत्तताको निमित्त नेपाल सरकारलाई ध्यानाकर्षा गर्राई विद्रोहको आवाज उठाउँने काम गरेको थियो ।गत भदौ २२-२३ का दिन सुनसरी जिल्लाको धरानमा किरात याक्थुङ् चुम्लुङ्को आव्हानमा लिम्बूवान स्वायत्त राज्य प्राप्तिका लागि क्रियाशील विभिन्न राजनैतिक तथा सामाजिक संघ संस्थाहरुबीच बनेको साझा सञ्जालको निर्माण तथा त्यसको सहमति आफैमा स्वागतयोग्य र ऐतिहासिक छ । तर आर्श्चर्यको विषय के छ भने त्यस साझा सञ्जालमा सारा लिम्बूवानवादी संघ संगठनहरु अटाउँन सके तर 'लिम्बूवान विकास परिषद' हङकङ अटाउँन सकेन, किन - र, त्यो साझा सञ्जाल निर्माण हुँदैछ भन्ने विषयको सूचना हङकङ परिषदलाई समयमा थाहा नदिइन्नु अर्को दुखको विषय हो । के हामी लिम्बूवानवासी र लिम्बूवानवादी होइनौं - के हाम्रो संगठन लिम्बूवान प्राप्तिका लागि होइन - अर्को भर्त्सनायुक्त र आपत्ति जनक विषय के हो भने लिम्बूवान मुक्ति मोर्चा, हङकङका प्रतिनिधिको रुपमा त्यहाँ मोती इङ्नाम नाम गरेको व्यक्तिले सञ्जालको धरान घोषणा पत्रमा हस्ताक्षर गरेको पाइयो । जबकि हङकङमा 'लिम्बूवान मुक्ति मोर्चा' नेपालको निर्देशनमा खोलिएको एउटै मात्र आधिकारिक संगठन भनेको 'लिम्बूवान विकास परिषद' हो । त्यसकारण हङकङका लागि लिम्बूवान मुक्ति मोर्चा, भनेको नै 'लिम्बूवान विकास परिषद' हो । अर्को, साझा सञ्जाल निर्माणको लागि नेपालबाट लिम्बूवान विकास परिषद, हङकङलाई कुनै सूचना नदिएको कारण परिषदले नेपालमा कुनै पनि प्रतिनिधि पठाएको थिएन । तापनि सञ्जालको धरान घोषणा पत्रमा मोती इङ्नाम नाम गरेको कथित व्यक्तिलाई हस्ताक्षर गराइयो कसरी - यो एकदमै खेद र आपत्ति जनक काम हो । यसलाई मामुली गल्ति भएको भन्न सकिन्दैन । यो मोती इङनाम र उसलाई सञ्चालन तथा निर्देशन गर्ने गिरोहहरुद्वारा गरिएको जानाजान जाली फर्टाई काम हो र ती गिरोहहरुलाई हामी राम्ररी चिन्छौं । यो त महा षडयन्त्रकारी, अवसरवादी तथा दरवारियाहरुद्वारा गरिने नीच कर्मको सिको गर्ने नीच कर्मीहरु हुन् । यो पूर्ण सुनियोजित् षडयन्त्र हो । यसलाई लिम्बूवान विकास परिषद, हङकङ घोर भर्त्सना गर्दछ । लिम्बूवान मुक्ति मोर्चा, हङकङको नाम बेचेर सञ्जालको धरान घोषणा पत्रमा हस्ताक्षर गर्ने त्यो जाली र फटाहा प्रतिनिधि महाशयको नाम र त्यो अवैध किसिमले समावेश भएको लिम्बूवान मुक्ति मोर्चा, हङकङको नामलाई अविलम्ब हर्टाई त्यसको स्थानमा लिम्बूवान विकास परिषद, हङकङको नाम समावेश गर्नका लागि किराँत याक्थुङ् चुम्लुङ्, नेपाल र साझा सञ्जाललाई लिम्बूवान विकास परिषद, हङकङ जोडदार माग तथा हार्दिक आग्रह गर्दछ ।
अन्त्यमालिम्बूवान स्वायत्त राज्य प्राप्तिका लागि राजनैतिक तथा सामाजिक रुपमा क्रियाशील विभिन्न संघ संगठनहरुको साझा सहमतिमा बनेको साझा सञ्जालको निर्माण र त्यसबाट घोषित निर्णर्यहरुलाई लिम्बूवान विकास परिषद, हङकङ पूर्ण समर्थन र सहयोग गर्दै अघि बढ्ने निर्णय गर्दछ । यसका साथै यही प्रेस विज्ञप्ति मार्फ नेपालमा संविधान सभाको चुनाव अगावै पूर्ण समानुपातिक निर्वाचन प्रणाली सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र लिम्बूवान स्वायत्त राज्यको सुनिश्चित्ताको ग्यारन्टीको लागि सात दल र सरकारलाई लिम्बूवान विकास परिषद, हङकङ जोडदार माग गर्दछ ।
प्रकाश यक्सोअध्यक्ष- लिम्बूवान विकास परिषद, हङकङ३० अक्टोवर, २००७ -१३ कार्तिक, २०६४

No comments: