News

Dec 7, 2007

खुकुरी प्रहारबाट गम्भीर घाइते विद्यार्थी नगेन्द्र लिम्बूको मृत्यु

लिम्वूवान व्लगस्पोट काठमाडौं,
मंसिर १८ - खुकुरी प्रहारबाट गम्भीर घाइते विद्यार्थी नगेन्द्र लिम्बूको सोमबार राति उपचार हुदाहुदै मृत्यु भएको छ । सुनसरी इटहरीका २२ वर्षो लिम्बू नयाबानेश्वरस्थित केएन्डके कलेजमा अध्ययनरत थिए । उनीसहित दुइ जनालाई तीन दिनअघि त्यही कलेजमा अध्ययनरत काठमाडौं महानगरपालिका ३५ कोटेश्वर निवासी रोसन लिम्बूसहितको समूहले विवाद क्रममा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । लिम्बूको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार हुदाहुदै मृत्यु भएको थियो । अर्का घाइते रिजन र्राईको पनि बोल्न नसक्ने अवस्थामा उपचार भइरहेको छ । चिकित्सकहरूका अनुसार र्राईको भने स्थिति खतरामुक्त छ । लिम्बूको मृत्युपछि आक्रोशित उनका साथी र आफन्तले मंगलबार दिउसो खुकुरी प्रहार गर्ने समूहलाई प्रहरीले पक्राउ नगरेको विरोधमा बानेश्वर र तीनकुनेबीचको सडकमा केही समय अवरोध गरेका थिए । सडक अवरोध गरेका युवालाई बानेश्वर प्रहरीले सम्झाउदै बाटो खोलेका थिए । सडक अवरोध गर्ने समूहलाई प्रहरी कार्यालयमा बोलाई बानेश्वर वृत्तका डीएसपी गोरखसिंह भण्डारीले अभियुक्तको खोजी कार्य तीव्र रूपमा गरिएको जानकारी गराउदै उनीहरूलाई पक्राउ गर्न पीडितहरूको सहयोगसमेत आवश्यक रहेको बताएका थिए ।

No comments: