News

Dec 2, 2007

लिम्बुवानका लागि माओवादी मोर्चाले विद्रोह गर्न सक्ने

लिम्वूवान व्लगस्पोट
धरान, १९ भदौ- माओबादीको जातिय संगठन लिम्बू राष्ट्रिय मुक्ति मोर्चाका संयोजक श्रीप्रसाद जबेगुले सेना परिचालन गरेर संविधान सभाको निर्बाचन हुन नसक्ने बताउनु भएको छ । शिक्षा तथा खेलकुद मन्त्रि प्रदीप नेपालले सुनसरीको इटहरीमा मंगलबार एक कार्यक्रममा संविधानसभाको निर्वाचनमा नेपाली सेना परिचालन हुन सक्ने अभिव्यक्ति दिए पछि जबेगुले यस्तो प्रतिक्रिया दिएका हुन् । आज धरानमा लिम्बू राष्ट्रिय मूक्ति मोर्चाको तेश्रो राष्ट्रिय भेलाको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जबेगुले संविधानसभाको निर्वाचनको नाममा सरकारले सेना परिचालन गरेमा माओवादी सेनाहरु चुप लागेर नवस्ने पनि बताउनु भयो । सेना परिचालन गरेर संविधानसभाको निर्वाचन गर्न खोज्नु र शाहीकालमा राजा ज्ञानेन्द्रले नगर निर्वाचन गर्नुमा कुनै तात्विक भिन्नता नरहने उल्लेख गर्दै त्यस्तो निर्वाचन जनताले नचाहेको बताउनु भयो । पूराना सत्ताधारी शासकहरुले आफूहरु सत्तामा टिकिरहन आदिवासी जनजातिको मागलाइ पूरा गर्न नसकेर नया शैलीमा अपनाएर संविधानसभाको निर्वाचन गर्न लागेको जबेगुले आरोप लगाउनु भयो । जबेगुले एक अर्को प्रशंगमा लिम्बूवान स्वायत्तता प्राप्तीका लागि आफ्नो मोर्चाले विद्रोह गर्न सक्ने संकेत गर्दै भन्नुभयो, 'संविधानसभाको निर्बाचन अगाडि सरकारले गणतन्त्र र जातिय स्वायत्तता नदिने भएकोले विद्रोहबाट मात्र प्राप्त हुने ठहर गर्न पुगेका छौं ।' तर वि द्रोह कस्तो हुने भन्ने बारे उहांले नखुलाई राज्यले गर्ने व्यबहारमा भर पर्ने बताउनु भयो । माओवादीको काठमाण्डौमा गत साउन तेश्रो साता सम्पन्न विस्तारित बैठकले लिम्बूवान स्वायत्ततालाई पूर्ण मान्यता दिए पछि मोर्चा लिम्बूवान स्थापनाका लागि जुटेको हो । आगामी असोज ३, ४ र ५ गते धरानमा सम्पन्न गरिने मोर्चाको भेलाले आत्मनिर्णय अधिकार सहितको लिम्बुवान स्वायत्तता प्राप्तीका लागि नया रणनिति पनि तय गर्ने उहांले बताउनु भयो । जबेगुले स्वायत्तता खोज्ने माओवादी पार्टी बाहिरका अन्य लिम्बूवान मोर्चा संग पनि कार्यगत एकता गरेर समान रुपमा आन्दोलन अगाडि बढाउने बताउनु भयो ।

1 comment:

Marohang Limbu said...

I heartily admit what Mr. Jagebu believes. We all have to fight for Limbu space, space, and identity. Moreover, we do not have to ignore other minority people of Nepal. As I am not quite familiar with situation of Maoist, I still have a kind of doubt with central Maoist leaders. Bahun-Chetri ruling class's hegemonic ideology has erased our identity for 239 years, and now it is perfect time for us to situate our Limbu space and identity.