News

Dec 2, 2007

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालको प्रेस विज्ञप्ति

आज मिति २०६४ कार्तिक १७ गते यस संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध राजनीतिक संगठन संघीय गणतान्त्रिकराष्ट्रिय मोर्चाको विशेष बैठक मोर्चासंग सम्बद्ध अन्य संगठनहरू संघीय लिम्बुवान स्वायत्त राज्य परिषद, तामाङसालिङ् स्वायत्त राज्य परिषद, मधेशी जनअधिकार फोरम -विश्वास समूह), संघीय गणतान्त्रिक मोर्चा र संयुक्त थारु राष्ट्रिय मोर्चाका उच्च पदस्थ प्रतिनिधिसमेतको उपस्थितिमा विविध महत्वपूर्ण निर्णय गरी मोर्चाको कार्यालय पुल्चोक ललितपुरमा सम्पन्न भयो । आजैमात्र औपचारिक रुपमा यस मोर्चामा आवद्ध संयुक्त थारु राष्ट्रिय मोर्चाका केन्द्रीय पदाधिकारी रोसन थारु र लक्ष्मण चौधरीसमेतको उपस्थितिमा सम्मन्न सो बैठकले वर्तमान राजनीतिक परिस्थितिको मिहिन रुपमा विश्लेषण गरी संविधान सभा अगावै संघीय गणतन्त्रको घोषणा, संविधान सभाको चुनावका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था र जाति, भाषा तथा क्षेत्रको ऐतिहासिका पृष्ठभुमिको आधारमा जातीय स्वायत्त गणराज्यहरूसहितको राज्यको पुनर्संरचनाका लागि निर्णायक तर शुरुमा शान्तिपूर्ण आन्दोलन र आवश्यक परे जन वि द्रोह नै सिर्जना गर्ने निणर्य गरेको छ । वर्तमान सात दलीय सरकार मोर्चाले अधि सारेका मागहरू पूरा गर्न नचाहेको र संविधान सभाको निर्वाचन समेत गर्नअसफल भएकोले सोका विकल्पका लागि यही मंसिर २ र ३ गते काठमाडौमा पहिलो चरणमा एक आन्तरिक राष्ट्रिय राजनीतिक सम्मेलनको आयोजना गर्ने भएको छ । निणर्य अनुसार, दोस्रो चरणमा भने सम्पूर्ण आदिवासी जनजाति, मधेशी,महिला, दलित, उत्पीडित र उपेक्षित क्षेत्रका सबै संघ संगठनहरू सहितको वृहत् राष्ट्रिय राजनीतिक सम्मेलनको समेत आयोजना गरी यो असफल सरकारको विकल्पमा समानान्तर सरकारको गठन गर्ने समेतको निणर्य पारित गरेको छ ।आन्दोलनको मागहरू१. राजतन्त्रको तत्काल समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गर ।२. संविधान सभाको निर्वाचनमा जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर ।३. आत्मनिणर्यको अधिकारसहितको जातिहरूको ऐतिहासिक पृष्ठभुमि, भाषा र क्षेत्रको आधारमा जातीय, भाषिक र क्षेत्रीय स्वायत्ततासहितको लिम्बुवान, खम्बुवान, तामाङसालिङ, थरुहट, तमुवान, मगरात, खसान, मधेश र कोचिला -विशेषस्वायत्त) गणराज्यहरूको सुनिश्चित गर ।
आन्दोलनरत संगठनहरू
. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२. मधेशी जनअधिकार फोरम -विश्वास समूह)
३. लिम्बुवान स्वायत्त राज्य परिषद
४. तामाङ्सालिङ स्वायत्त राज्य परिषद
५. खम्बुवान राष्ट्रिय मोर्चा
६. संघीय गणतान्त्रिक मोर्चा
७. संयुक्त थारु राष्ट्रिय मोर्चा
....................
डीबी आङ्बुङ
सचिवप्रचार-प्रसार विभाग
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल
२०६४। ०७ ।१७

No comments: