News

Dec 31, 2007

कुमार लिङ्देन दरबारिया भएको आरोप

लिम्बुवान व्लगस्पोट प्रेम आचार्य
बिर्तामोड / संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङवाले परिषद्को पुनर्गठनको घोषणा गर्ने कुमार लिङदेनलगायतका व्यक्तिहरु दरबारिया भएको आरोप लगाएका छन् ।झापामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शनिबार बोल्दै पालुङ्वाले सो आरोप लगाएका हुन् पालुङ्वाले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव कुमार लिङ्देनले राजा ज्ञानेन्द्रको शैलीमा अरुलाई अपदस्थ गरी आफूलाई परिषद्को अध्यक्ष घोषणा गर्नु गैरकानूनी भएको दावीसमेत गरेका छन् । पालुङ्वाले परिषद्को ५१ केन्द्रीय सदस्यमध्ये ७ जना लिङ्देनको पक्षमा रहेको र दरबारियाहरु मात्र कित्ता छुट्याएर गएको आरोपसमेत लगाएका छन् । उनले मञ्च विभिन्न ९ वटा संगठनहरुको समन्वयकारी संस्थामात्र भएको बताउँदै कसैलाई कारवाही गर्ने अधिकार नभएको जिकिरसमेत गरेका छन् । मञ्चका कार्यकर्ताहरुले परिषद्का नाममा चन्दा उठाउने, परिषद्को नियमविपरीत सैन्य तालिम सञ्चालन नगर्ने, सशस्त्र संर्घष्ा गर्ने तयारी भइरहेको भनेर जनतालाई आतङ्कति पार्नेजस्ता गैर राजनीतिक कार्य गर्ने गरेको आरोप लगाउँदै पालुङ्वाले केही दिनअघि मञ्चसँगको गठबन्धनमा परित्याग गरेको र्सार्वजनिक गरेका थिए ।उनले र्सार्वजनिक गरेलगत्तै मञ्चका महासचिव कुमार लिङ्देनले पालुङ्वासहित महासचिव फागोहाङ बनेम र केन्द्रीय सदस्यद्वय रामभक्त कुरुङवाङ र जनक चेम्जोङलाई समेत साधारण सदस्य नरहने गरी कारवाही गरिएको घोषणा गरेका थिए ।मधेशी जनअधिकार फोरमको विश्वास समूहसँग गठबन्धन गर्न र भारतका विभिन्न शक्तिहरुले सशस्त्र संर्घष्ा गर्न एवम् भारतका विभिन्न शक्तिहरुले सशस्त्र संर्घष्ा गर्न आग्रह गर्दा आफूले असहमति जनाएपछि लिङ्देनले परिषद् विभाजन गरेको पालुङ्वाले आरोप लगाए ।पालुङ्वा पक्षधर परिषद्ले संसदबाट घोषणा भएको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सकारात्मक भएको जनाउँदै लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितता नभएसम्म लिम्बुवान क्षेत्रमा संविधानसभाको निर्वाचन हुन नदिने चेतावनीसमेत दिएको छ ।

No comments: