News

Dec 2, 2007

झापामा तारा लक्समलाइ नेपाली तारा बनाउन पोष्टरसहित अभियान

कञ्चन लिम्वू, लिम्वूवान व्लगस्पोट
दमक मंसिर, १४- भूपेन्द्र तिम्सिनाको सहयोगमा साइवरदमक.कम क्लोजअप नेपाली तारा-२ को उत्कृष्ट ३ भित्र परेका झापा शिवगंजका तारा लक्समलाई एसएमएस भोटीङ्ग गरी जिताउन झापालीहरु लागी परेका छन् । यस क्रममा उनलाई मोबाइलबाट एसएमएस भोटीङ्ग गर्ने रकम सङ्कलनका लागि विहीबार देखि दमकमा काउन्टरनै खडा गरीएको छ । शिवगंजको ब्याङ्गडाँडा स्थित शान्ति समाज सेवा क्लबले दमक चौकमा काउन्टर खडा गरी एसएमएस भोटीङ्गका लागि रकम सङ्कलन गर्दै भोटीङ् गरेर लक्समलाई जिताउन पुर्वाञ्चलबासीलाई आव्हान गरेको छ । दमक जेसिज, दमक उद्योग वाणिज्य संघ, धु्रवतारा स्पोर्टीङ क्लब, चन्द्रर्सुय सीप विकास संस्थाले समेत शान्ति समाजको आयोजनालाई सघाएका छन् । यस अघि शान्ति समाजले शिवगंज, दुधे र सुरुङ्गामा रकम सङ्कलन अघि बढाएको तथा अब चाँडै विर्तामोडमा पनि यो अभियान थालिने आयोजक सदस्य समिल राइले बताए । समाजले झापा, मोरङ, सुनसरीका साथै पुर्वाञ्चलका पहाडी जिल्लाहरु-ताप्लेजुङ्ग, इलाम, पाँचथर, तेह्रथुम, भोजपुर तर्फपनि लक्समको फोटो अंकित पोष्टर टाँसगरी प्रचार प्रसार गरेको छ । दार्जिलिङ्ग तिर पनि उसै गरी प्रचार प्रसार गरीएको पाइएको छ । दशैँताका धरान, केर्खा, शिवगंज लगायतका ठाउँमा लक्सम स्वयं सहभागी भइ संगीतिक कार्यक्रमहरु पनि आयोजना भएका थिए । कलाकार विल्सनविक्रम राई र राजेश घतानी लक्समलाई जिताउने अभियानमा लागी परेका छन् । शान्ति समाजबाट हाल सम्म सङ्कलीत २ लाख ८५ हजार बराबरको एसएमएस भोटीङ्ग भइसकेको छ । बुघबार भएको नेपाली तारा २ को प्रतिश्पर्धाबाट लक्समका साथै मोरङका सुर्यकिरण लामा र धादिङका सन्तोश लामा उत्कृष्ट ३ मा परेका छन् ।

No comments: