News

Mar 29, 2013

सरकारले चैत अन्तिम साता पूर्ण बजेट ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकारले संविधानसभा निर्वाचन, राष्ट्रसेवकको तलब, राष्ट्रिय गौरव र विदेशी सहयोगमा सञ्चालित आयोजनाका लागि चैत अन्तिम साता पूर्ण बजेट ल्याउने भएको छ । अर्थमन्त्रालयका अधिकारीले अत्यावश्यक खर्च व्यवस्थापनका लागि करिब ६० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिको जानकारी दिएका छन् । हाल कार्यान्वयनमा रहेको तीन खर्ब ५१ अर्ब रुपैयाँको दुईतिहाई बजेटलाई समेट्दै थप ६० अर्बसहित चार खर्ब १० अर्बको हाराहारीमा पूर्ण बजेट ल्याउने तयारी भइरहेको छ । राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा चालू आर्थिक वर्षका लागि पहिलो चरणमा एक तृतीयांश र दोस्रो चरणमा दुईतिहाइ बजेट ल्याएर काम चलाइएको छ । राजनीतिक सहमतिमा नयाँ सरकार गठन भएपछि पूर्ण बजेट ल्याउने बाटो खुलेको हो । बजेट निर्माणका लागि अर्थले सबै मन्त्रालयलाई तत्कालका लागि अत्यावश्यक रकमको विवरण पठाउन निर्देशन दिइसकेको बताइएको छन् । अध्यादेशअनुसार गत वर्षको यथार्थभन्दा बढी रकम खर्च गर्न नपाउने अवस्था आएपछि अर्थले चुनावलगायत अन्य खर्चका लागि रकम जोहो गर्न बजेट ल्याउनु परेको हो। औसतमा १० प्रतिशतको मूल्यवृद्धि, कर्मचारीको ग्रेड, नयाँ कर्मचारी भर्ना, पेन्सनमा वृद्धि, अवकास जाने कर्मचारीको उपदान, अस्थायी कर्मचारी भर्ना, सरकारले बनाउने विभिन्न समिति र आयोगका लागि लाग्ने खर्चजस्ता कारणले गत वर्षको बजेटले नपुगेको हो।

No comments: