News

Mar 8, 2013

महिला प्रधानमन्त्री बनाउन नेत्रीहरुको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विभिन्न दलका महिला नेत्रीहरुले राजनीतिक दल भित्रकै महिलालाई प्रधानमन्त्री बनाई निर्वाचनमा जान माग गरेका छन् । उनीहरुले प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाई निर्वाचनमा जानुभन्दा दल भित्रकै महिलालाई प्रधानमन्त्री बनाई निर्वाचनमा जानुपर्ने समेत बताएका छन् । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका केन्द्रीय तहका महिला नेत्रीहरूले आज राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै उनीहरुले महिलालाई प्रधानमन्त्री बनाई दिए निर्वाचन सम्पन्न गरेर देखाई दिने अठोट समेत व्यक्त गरे । कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारीले शीर्ष दलका शीर्ष नेतागणलाई आग्रह गर्दै महिलालाई प्रधानमन्त्री बनाए निष्पक्ष निर्वाचन गरेर देखाइदिने बताइन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गरी प्रधानन्याधीशलाई प्रधानमन्त्री स्वीकार गर्न नसकिने बताइन् ।

No comments: