News

Mar 1, 2013

चिनियाँ नेतृत्वलाई सुधार गर्न खुला पत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनमा केही सञ्चारकर्मी, विद्वत्वर्ग र अभियन्ताहरूले चिनियाँ नेतृत्वलाई सुधार गर्न खुला पत्र पठाएका छन्। उनीहरूले लेखेको त्यो खुला पत्रमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले राजनीतिक सुधार गर्नु पर्ने माग उल्लेख गरीएको छ। यो पत्र सहित उनीहरूले तिन महिनाको समय अवधिमा यो तेस्रो माग प्रस्तुत गरेका छन्। सो पत्रलाई उनिहरुले विभिन्न चिनियाँ वेबसाइट र ब्लगमा समेत प्रेषित गराईसकेका छन्। पत्रमा चीनका विभिन्न विद्वान्, अर्थशास्त्री माओ युसी, कानुनविद् ही बिङ्खयाङ र चर्चित राजनीतिक कार्यकर्ता दई क्विङले समेत हस्ताक्षर गरेका छन्। गत डिसेम्बरमा पनि यिनै व्यक्तिहरूको समुहले राजनीतिक सुधारको माग गर्दै वरीष्ठ नेताहरूलाई खुला पत्र पठाएका थिए। पत्रमा स्वतन्त्र न्यायपालिका र अर्थपूर्ण प्रजातान्त्रिक परिवर्तनको माग गरिएको थियो। केहि दिन पछि बेइजिङमा हुने चिनियाँ नेताहरूको वार्षिक संसद् अधिवेशनको समयलाई लिएर उनीहरूले यस्तो पत्र लेखेका हुन्। सो अधिवेशनमा वर्तमान राष्ट्रपति हुललाई विस्थापीत गरी चीनका सर्वोच्च नेता सी जिन पिङले औपचारिक रूपमा चीनको राष्ट्रपतिको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ । हुको सोही दिन १० बर्षीय कार्यकाल समापन हुदैछ।

No comments: