News

Mar 10, 2013

नेपाली सेनाले आज सेना दिवस मनाउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ । शिवरात्रीका दिन सेना दिवस मनाउने प्रचलन अनुसार दिवस मनाउन लागेको हो । नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादवको प्रमुख आतिथ्यमा सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना हुने छ । मुलुकका विभित्र क्षेत्रमा तैनाथ जङ्गी अड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्मलगायतका निकायमा समेत सेना दिवसका कार्यक्रम गरिने छ । अहिले नेपाली सेनाको कुल जनशक्ति ९५ हजारको हाराहारीमा रहेको नेपाली सेनाले जनाएको छ । सयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेना सन् १९५८ बाट संलग्न हुँदै आएको छ । शान्ति स्थापना कार्यमा ९५ हजारभन्दा बढी नेपाली सैनिकले सहभागिता जनाइसकेको नेपाली सेनाले जनाएको छ । हाल विश्वका १३ वटा राष्ट्रसंघीय मिसनमा तीन हजार पाँच सय ७० नेपाली सैनिक कार्यरत छन् । प्रमुख सुरक्षा अंगका रुपमा नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौसत्ता, भौगोलिक अखण्डताको रक्षाको साथसाथै विपद् व्यवस्थापन र विकास निर्माणमा समेत काम गर्दै आएको छ ।

No comments: