News

Mar 31, 2013

माओवादीद्वारा निर्वाचन आयोगका कर्मचारी अपहरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१८ चैत,फोटोसहितको मतदाता नामावली सङ्कलनको लागि नुवाकोटका दुईपिपल गाउँ विकास समितिमा खटिएको टोलीलाई नेकपा-माओवादीको कार्यकर्ताले अपहरण गरेका छन् । हिजोबाट सुरु भएको नामावली सङ्कलनको लागि खटिएका दुईपिपल गाविसका सचिव दिलबहादुर बोगटी, प्राविधिक सहायक पुरुषोत्तम लामिछाने र कम्युटर अप्रेटर बिनोद अधिकारी रहेका छन् । नेकपा-माओवादीले हिजो पनि दुईपिपलमा नामावली सङ्कलनको लागि लगिएको सामग्री लुट्ने प्रयास गर्दै अवरोध गरेका थिए । हिजो प्रहरी कार्यालय झिल्टुङमा बास बसेका ती कर्मचारीहरुलाई आज बिहान माओवादी कार्यकर्ताले फोन गरेर छलफलका लागि भन्दै बोलाएको र त्यसपछि उनीहरु सम्पर्कविहीन भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन प्रमुख सविनराज ढकालले बताउनुभयो । नेकपा माओवादी ताम्सालिङ राज्य समिति सदस्य नारायण नेपालले छलफलका लागि बोलाएको तर, पार्टीको सम्पर्कमा नआएको बताउनुभएको छ । मतदाता सङ्कलनको सामाग्री भने प्रहरी कार्यालय झिल्टुङमा रहेको छ । जिल्ला प्रहरी कार्यालयमा बम जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसर विदुरमा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । पाँच दिनअघि डोजर लगाउने क्रममा भेटिएको सो बमलाई हिजो सेनाको फष्ट राइफल गणको बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको हो । दसवर्षे सशस्त्र युद्धको समयमा प्रहरी कार्यालय सुरक्षाको लागि बिछ्याइएको बम युद्ध सकिए पनि थाहा नै नभएकाले ननिकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । प्रहरी परिसरमा डोजर लगाएर सम्याउने क्रममा भेटिएको बमलाई चार दिनको अध्ययनपछि सेनाले हिजो मध्यान्हृ निश्क्रिय बनाएको हो । जमिनमुनीको बम विस्फोट भएको भए जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई नै ठूलो क्षति हुने सम्भावना रहेको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटको प्रहरी प्रमुखको कार्यकक्ष र बम भेटिएको स्थान केही मिटरको दुरीमा मात्र पर्दछ ।

No comments: