News

Mar 29, 2013

आन्दोलनरत दलसँग वार्ता गरेपछि मात्र चुनावको मिति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत १६- सरकारले चुनावको विषयमा विरोध गरिरहेका विभिन्न दल तथा समूहसँग वार्ता गर्न तीन सदस्सीय वार्ता टोली गठन गरेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले बनाएको वार्ता टोलीमा गृहमन्त्री माधव घिमिरे, सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेल र स्वास्थ्यमन्त्री विद्याधर मल्लिक छन्। सरकारले विरोधरत दलहरुसँग वार्ता गरेपछि मात्र चुनावको मिति घोषणा गर्ने निर्णय आजको मन्त्रिपरिषद्ले गरेको छ। त्यस्तै मुख्य सचिव लीलामणि पौडेलले विद्युत प्राधिकरण सञ्चालक समितिको अध्यक्षबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ। बैठकले पत्रकार विमल गौतमलाई चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रेस सल्लाहकारमा नियुक्त गरेको छ। सशस्त्र प्रहरीका ५ डिआईजीलाई एआइजीमा बढुवा गरेको छ भने यसअघि बढुवा भएका ४२ जना सहसचिवहरुको पदस्थापन गरेको छ। मन्त्रिपरिषदले नेपाली सेनाका ९ जना महासेनानीलाई सहायक रथीमा र २ जना सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ।

No comments: