News

Mar 1, 2013

आमरण अनशनमा बसेकी शारदाको स्वास्थ्य थप कमजोर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भ्रष्टाचार विरुद्धको अभियानमा दवाव दिन आमरण अनशनमा बसेकी शारदा भुसाल झाको स्वास्थ्य अवस्था थप कमजोर भएको छ । विगत नौ दिन देखि काठमाडौंको शान्तिबाटिकामा आमरण अनसनमा बसेकी भुसाल उठ्न र राम्ररी बोल्न समेत नसक्ने अवस्थामा पुगेकी छन् । फागुन ११ गते ११ बजेदेखि आमरण अनशनमा बसेकी उनले माग पूरा नभएसम्म अनसन नछोड्ने बताएकी छन् । भ्रष्टाचार मुक्त समाजको निर्माणमा सहभागि बन्न आग्रह गर्दै आएकी उनले सरकारले आफ्ना मागबारे चासो नदिएको आरोप लगाएकी छन् । महोत्तरीका विभिन्न गाविसमा भएको अनियमितता छानबीनको माग गर्दै आमरण अनसन थालेकी उनले डेढ वर्षअघि पनि अनसनमा बसेकी थिइन् । अर्घाखाँची जिल्लाको सन्धीखर्कमा २०३२ सालमा जन्मिएकी शारदाले भ्रष्टचार विरोधी अभियानको सुरुवात भने आफ्नै गाविस महोत्तरीको बलौनी-दमौलीबाट सुरु गरेकी हुन् ।

No comments: