News

Mar 6, 2013

संघीय लोकतान्त्रिक मोर्चाको बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बिभिन्न माग राख्दै नेकपा-माओवादी लगायतका दलको आव्हान गरेको बन्दको एक दिन सकिन नपाउँदै अर्को बन्द भएको छ । बिहीबार फेरि उपेन्द्र यादव नेतृत्वको मोर्चाले बन्द गरेको छ । संघीय लोकतान्त्रिक मोर्चाले गरेको बन्दले बिहीबार पनि देशभरको जनजीवन कष्टकर तथा प्राय ठप्प बनेको छ । बिहानदेखि यातायात र पसल बन्द रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौ लगायतका मुख्य शहर र राजमार्गमा गाडी चलेका छैनन् । बजार र शिक्षणसंस्था पनि बन्द रहेका छन् । यसैबीच बन्दकर्ताले काठमाडौको बानेश्वरमा माउण्टेन टेलिभिजनको बा ९ च २९३३ नम्बरको गाडी तोडफोड गरेका छन् । बन्दको कारण गाडी नचल्दा काम विशेषले टाढा पुग्नुपर्नेहरु घण्टौं पैदल हिँड्न बाध्य छन् । अस्पताल, कार्यालय लगायतका अत्यावश्यक ठाउँमा ओहोरदोहोर गर्नेहरुलाई बन्दले सबैभन्दा दुख भएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने माग सहित हिजो बन्द गरिएको थियो । यस्तै स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन लगायतका माग गर्दै बन्द गरिएको हो ।

No comments: