News

Jul 2, 2008

संविधान संशोधन मस्यौदामा प्रधानमन्त्रीसँग छलफल हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेशी मागलाई संविधान संशोधनमा समेट्न तयार पारिएको संविधान संशोधन मस्यौदामा प्रमुख तीन दल प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग छलफल गर्दैछन् । पूरक बिधेयकमार्फत मधेशवादी दलहरुको माग सम्बोधन गर्ने सहमतिमा पुगेका तीन दलले बिधेयकको मस्यौदा तयार पारेका छन् । असार १८ गते सिंहदरवारस्थित शान्ति मन्त्रालयमा भएको माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुको छलफलले संविधान संशोधनको मस्यौदा तयार पारेको हो र त्यसबारे अन्तिम टुङ्गो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको भेटपछि लाग्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । छलफलमा सहभागी एमाले महासचिव झलनाथ खनालले पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बेलुका ४ बजे भेटेपछि मस्यौदाको अन्तिम टुङ्गो लाग्ने उल्लेख गरे ।छलफल सकिएपछि सिंहदरवारमा उपस्थित संचारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष दाहालले मस्यौदामा मधेशीलगायत सबै जाति र समुदायको प्रदेशलाई स्वायत्त मानिने उल्लेख भएको जानकारी दिए । उनले मस्यौदामा सेनामा समूहगत प्रवेशको कुरा उल्लेख नभएको पनि बताए । गत फागुन १६ गते सरकार र आफूहरुबीच भएको ८ बुँदे सम्झौतालाई संविधानको पाँचौ संशोधनमा समावेश गर्नुपर्ने माग राख्दै मधेशवादी दलहरुले असार ११ गतेदेखि संसद चल्न दिएका छैनन् ।

No comments: