News

Jul 3, 2008

शक्ति बाँडफाँडमा माओवादीले अर्घेलो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शक्ति बाँडफाँडमा माओवादीसँग सहमतिमा पुगेको भनिएको पार्टी एमाले स्थायी समितिका एक सदस्य केपी ओलीले शक्ति बाँडफाँडमा माओवादीले अर्घेलो गरिरहेको बताएका छन् । एमाले स्थायी समिति सदस्य केपी ओलीले मुलुकको शक्ति बाँडफाँडमा माओवादीले अर्घेलो गरिरहेको बताएका छन् । असार १९ गते राजधानीमा रिर्पोट्स क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै ओलीले माओवादीले डाडु पन्यौं बोकेर कसैलाई झोल र कसैलाई चोक्टा बाँडदै हिडेको तथा अरु पार्टीमा हस्तक्षेप गरेको दावी गरे । कार्यक्रममा ओलीले संविधानसभा चुनावमा आएको मत अनुसार पार्टीबीच सहमतिमा शक्ति बाँडफाँड हुनुपर्ने उल्लेख गरे । उनले भने, 'तर चुनावमा कुनै दलले ५० प्रतिशत मत ल्याएका छैनन्, त्यसैले सबै दल हारेका छन् तथा चुनावको परिक्षामा सबै दल अनुतिर्ण भएका छन् ।'एमालेको नेतृत्वमा सरकार बने सबै दललाई राम्रो हुने भएकाले सबै दललाई एमालेको नेतृत्वको सरकार स्विकार्न कार्यक्रममा ओलीले आग्रह गरे । 'हामीले सकेसम्म प्रधानमन्त्री पाउनुपर्छ, नभए राष्ट्रपति, त्यो पनि भएन भएन सोच्नैपर्छ' ओलीले भने । सहकार्यका लागि अनुकुल नभए एमाले सरकारमा नजाने पनि कार्यक्रममा ओलीले दावी गरे । सरकारमा गएर पनि अलोकतान्त्रिक ब्यवहार गरिहेको माओवादीसँग एमालेको सहकार्य सम्भव नहुने पनि ओलीले उल्लेख गरे । नेपालमा कतै मधेश नरहेको पनि कार्यक्रममा एमाले नेता ओलीले दावी गरे । सम्म देख्नासाथ मधेश नहुने पनि ओलीले तर्क गरे । असार १९ गते नै राजधानीमा भएको अर्का कार्यक्रममा एमाले स्थायी समितिका अर्का सदस्य बामदेव गौतमले एमालेले एक मधेश एक प्रदेश कुनै हालतमा नमान्ने बताए । असार १५ गते बर्दियामा ज्वाला समूहबाट हत्या गरिएका बर्दिया सिमा सरोकारका अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य गोबिन्द पाण्डेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै गौतमले पाण्डेको हत्या नेपाल टुक्र्याउने अभियान अन्तरगत भएको तथा एकिकृत नेपालका लागि सबै नेपाली बलिदान दिन तयार रहेको उल्लेख गरे । कार्यक्रमका अर्का वक्ता माले महासचिव सिपी मैनालीले मधेशवादी दलहरुले रोष्टम घेरेर संविधानसभाका अरु सदस्यहरुको अधिकार खोसेको तथा एक मधेश प्रदेश र सेनामा समूहगत प्रवेश असम्भव रहेको बताए ।

No comments: