News

Jul 25, 2008

अध्यक्ष पदमा निर्विरोध सुवास नेम्वाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,९ श्रावण २०६५
नेकपा (एमाले) का नेता एवम् पूर्वसभामुख सुवास नेम्वाङ संविधानसभा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। इलामबाट संविधानसभा सदस्यमा निर्वाचित नेम्वाङले लोकतन्त्र बहालीपछि प्रतिनिधिसभा र माओवादीसहितको व्यवस्थापिका-संसद्को र्सवसम्मत सभामुख भएर महत्त्वपूर्ण जिम्मेवारी पूरा गरिसक्नुभएको छ।संविधानसभाको बिहीबार बसेको बैठकमा नेकपा (एमाले) संसदीय दलका उपनेता विष्णु पौडेलले संविधानसभा अध्यक्षमा नेम्वाङलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो। उहाँको प्रस्तावलाई नेपाली कांग्रेसका सभासद् विमलेन्द्र निधिले र्समर्थन गर्नुभएपछि बैठकको अध्यक्षता गर्नुभएका कुलबहादुर गुरुङले संविधानसभा अध्यक्ष पदमा सुवास नेम्वाङ निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो।नेम्वाङले विगतमा सभामुख भएर निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय भएका कारण अहिले संविधानसभामा २५ वटै दलको साझा उम्मेदवारका रूपमा स्वीकार गरिएको दलहरूले जनाएका छन्। कानुनविद्समेत मानिनुहुने नेम्वाङ केही दलहरूबीच भएको गठबन्धनका कारणसमेत एमालेका तर्फाट उहाँ सो पदमा निवर्ँचित हुने लगभग निश्चित थियो।अध्यक्ष पदमा निर्वाचित भएपछि नेम्वाङले आफूलाई निर्विरोध विजयी बनाइएकाले आगामी दिनमा सहमति गरेर जान सकारात्मक संकेत दिएको उल्लेख गर्दै त्यस कार्यलाई अगाडि बढाउन आफू पनि क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।नवनिर्वाचित अध्यक्ष नेम्वाङले संविधान निर्माणको महत्त्वपूर्ण जिम्मेवारी बाँकी रहेको र त्यसलाई समयमै पूरा गर्न राजनीतिक दलहरूबीच उच्चस्तरको समझदारी आवश्यक रहेको बताउनुभयो। उहाँले त्यसका लागि संविधानसभा अध्यक्षको हैसियतले आफू पूर्ण क्रियाशील हुने बताउनुभएको छ।नेम्वाङलाई अध्यक्ष पदमा निवँचित भएको घोषणा गर्दै बैठकको अध्यक्षता गर्नुभएका कुलबहादुर गुरुङले अध्यक्ष पद घुमिफिरी इलाममै पुगेको बताउनुभयो। इलामबाटै निर्वाचित हुनुभएका गुरुङले नेम्वाङ कुशल राजनीतिज्ञ भएको उल्लेख गर्दै उहाँको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान तोकिएकै समयमा निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।अध्यक्षमा नेम्वाङलाई निर्वाचित गरियोस् भनी प्रस्ताव राख्नुहुने पौडेल र त्यसको र्समर्थन गर्नुहुने निधिले पनि सुवास नेम्वाङ अध्यक्ष हुन योग्य र सक्षम व्यक्तित्व भएको उल्लेख गर्नुभयो।संविधानसभा अध्यक्ष नै व्यवस्थापिका-संसद्को पनि सभामुख हुने भएकाले एकै पटक दोहोरो जिम्मेवारी नेम्वाङले पाउनुभएको छ। संविधानसभाको बैठक बस्दा अध्यक्ष र व्यवस्थापिका-संसद्को हैसियतमा संविधानसभा बैठक बस्दा सभामुख भन्ने गरी संवैधानिक व्यवस्था गरिएको छ।

No comments: