News

Jul 25, 2008

सरकार गठनको पहल शुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,९ श्रावण २०६५
प्रतिपक्षमा बस्ने घोषणा गरेको दुइ दिनपछि नेकपा (माओवादी) ले आफनो पार्टी सरकारको नेतृत्व गर्ने वातावरण बनाउन तीनदलीय गठबन्धन भंग हुनुपर्ने, साझासहमतिको कार्यक्रम बन्नुपर्ने र दुइ वर्षम्म सरकार नगिराउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने तीन र्सत अन्य दलसामु राखेको छ।
माओवादीका तीन र्सत कांग्रेसद्वारा अस्वीकार
माओवादी संसदीय दलको कार्यालयमा संविधानसभामा प्रतिनिधित्व गर्ने अन्य २४ दलका प्रतिनिधिहरूलाई बिहीबार बोलाएर माओवादी नेतृत्वले आफना तीन र्सत पूरा नभए सरकारमा नजाने र प्रतिपक्षमा बस्ने जानकारी गरायो।ँहामीले कांग्रेस, एमाले र फोरमको तथाकथित गठबन्धन भंग हुनुपर्ने, माओवादीका कार्यक्रमहरूको केही नजिक हुने गरी साझा नीति कार्यक्रम बन्नुपर्ने र संविधानसभाको अवधि दुइ वर्षा सरकार बनाउने र गिराउने खेल नहुने प्रतिबद्धता आउनुपर्ने आफना धारणा राख्यौं’ -बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले पत्रकारहरूसँग भन्नुभयो।माओवादीले राष्ट्रपति पदमा उठाएका रामराजाप्रसाद सिंह पराजित भएको भोलिपल्टै पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले निर्वाचनको परिणामले माओवादीलाई नैतिक रूपमा प्रतिपक्षको भूमिकामा पुर्याइदिएको र माओवादीले सत्तामा जानुपर्ने भएमा तीनदलीय गठबन्धन विघटन हुनुपर्ने माग गर्नुभएको थियो।माओवादीले बोलाएको बैठकमा माओवादीलाई राष्ट्रपति र उपराष्ट्रपति पदमा मोर्चाबन्दी गरेर हराउने कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमका शीष नेताहरू भने गएका थिएनन्। नेपाली कांग्रेसबाट डा. मीनेन्द्र रिजाल, एमालेबाट भीम रावल र सुरेन्द्र पाण्डे तथा फोरमबाट शरतसिंह भण्डारी सहभागी हुनुहुन्थ्यो। बैठकमा २४ दलका नेताहरूको भनाइ सुनिसकेपछि माओवादी अध्यक्ष प्रचण्डले आनो विचार राख्नुभएको थियो।नेपाली कांग्रेसका तर्फाट आफनो विचार राख्दै डा. रिजालले अहिले सहमतिको सरकार बन्नुपर्नेमा सबैको सहमति भए पनि माओवादीले सहमतिका लागि उचित वातावरण बनाउन नसकेकाले माओवादीको नेतृत्वमा नै सरकार बन्नुपर्छ भन्ने दाबीमा सहमत हुन नसकिने बताउनुभयो।राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा माओवादीले सहमतिको राजनीतिलाई तोडेको आरोप लगाउँदै रिजालले नयाँ सहमतिका लागि नयाँ ढंगबाट अगाडि जानुपर्ने बताउनुभयो। तीनदलीय गठबन्धन तोडिनुपर्ने माग गरिरहेको माओवादीलाई ठट्टापूण जवाफ दिँदै डा. रिजालले भन्नुभयो- तीनदलीय गठबन्धनमा माओवादी चौथो हुन आए हुन्छ।’हामी नेपाली कांग्रेसले बैठकमा भनेको शैलीमा सरकारको नेतृत्व गर्ने पक्षमा छैनौं, बरु प्रतिपक्षमा बस्न तयार छौं’ -बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो।बैठकमा भने अध्यक्ष प्रचण्डले माओवादी सरकारमा नगएर शान्ति प्रक्रियाबाट पछि हट्न खोजेको होइन भन्ने स्पष्टीकरण दिँदै अब पुराना दल र पुरानै मान्छेलाई पुरानै शैलीमा सत्ता दिने पक्षमा माओवादी नभएको बताउनुभएको थियो। तीन दलको यो गठबन्धन इलेक्टोरल वा पोलिटिकल (चुनावी वा राजनीति) के हो भन्ने प्रस्ट हुनुपर्छ’ -प्रचण्डले बैठकमा भन्नुभयो।

No comments: