News

Jul 2, 2008

किशोरकुमार बिश्वासले फोरम छाडे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेशी आन्दोलनबाट तराईका आदिवाशी थारुहरुको पहिचान र अस्तित्व खतरामा परेको भन्दै मधेशी जन अधिकार फोरम मधेशका उपाध्यक्ष किशोरकुमार बिश्वासले पदबाट राजीनामा दिएका छन् । संविधानसभा बैठकमा मधेशवादी दलहरुबाट भएको क्रियाकलापसँग असन्तुष्ट हुँदै मधेशी जनअधिकार फोरम मधेशका उपाध्यक्ष किशोरकुमार बिश्वासले राजीनामा दिएका छन् । असार १८ गते राजधानीमा रिपोर्टस क्लबमा राजीनामा घोषणा गर्दै बिश्वासले आगामी दिनमा थारु समुदायको पहिचान र अस्तित्वको आन्दोलनमा सहभागी हुने घोषणा गरे । बिश्वास भाग्यनाथ गुप्ता अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम मधेशका उपाध्यक्ष थिए । बिश्वासले मधेशी आन्दोलनबाट तराईका आदिवाशी जनजातिको पहिचान र स्वायत्ततामाथि खतरा उत्पन्न भएको राजीनामा घोषणा गर्दा बताए । संघीयता र स्वायत्तता घोषणा गर्दा जातिको उत्पति र ऐतिहाशिकतालाई ध्यान दिनुपर्ने पनि उनले उल्लेख गरे । 'आन्तरिक उपनिवेश नहोस् भन्ने बिषयलाई ध्यान दिनु सबैभन्दा धेरै आवश्यक छ' बिश्वासले भने ।

No comments: