News

Aug 8, 2009

बालकको अपहरणपछि फिरौती माग गर्ने पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा, २४ साउन - वीरगन्जका एक बालकको अपहरणपछि फिरौती माग गर्ने दुईजनालाई इलाका प्रहरी कार्यालय, पोखरीयाले हिजो पर्साको मसिहानीबाट पक्राउ गरेको छ।साउन १४ मा वीरगन्ज रानीघाटस्थित होलील्याण्ड इङ्गलिस स्कुलबाट अपहरणमा परेका वीरगन्ज-१३ रानीघाट बस्ने गोपाल सुनारका ६ वर्षीय छोरा राहुललाई अपहरण गरेको आरोपमा प्रहरीले पीडित पक्षसँग फिरौती माग्दै गरेको अवस्थामा मसिहानी गाविस वडा न. ५ निवासी दिनानाथ सहनी र सुरजाहा गाविस वडा न. ८ मधुवनी टोलका जोखु सहनीलाई पक्राउ गरेको हो।अपहरणकारी पक्राउ परे पनि अपहरित बालकको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा आवश्यक कानुनी कारबाहीका लागि बुझाएको इप्रका पोखरीयाका प्रहरी निरीक्षक विदुर गौतमले बताए।

No comments: