News

Aug 8, 2009

ठग्ने टयाक्सी चालकलाई पक्राउ गर्न ४३२१ मा एसएमएस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मिटरवाला टयाक्सीले मिटर ‘अर्थिङ’ गरेर यात्रुलाई अब ठग्न नसक्ने किसिमको प्रविधिको विकास भएको छ। ट्राफिक प्रहरी महाशाखा र फोकस वन नामक संस्थाको संयुक्त पहलमा कुनै टयाक्सी चालकले यात्रुलाई ठग्ने मनसायले मिटरमा बढी रकम उठाउने काम गर्यो भने ४३२१ मा एसएमएस गर्नासाथ ट्राफिक प्रहरीले टयाक्सी चालकलाई ठाउँको ठाउँ पक्राउ गर्ने भएको छ। एउटा एसएमएस गरेबापत २ रुपियाँ लाग्ने बताइएको छ। एसएमएस पठाउनासाथ टयाक्सी भएको स्थान प्रहरीले पत्ता लगाउने समेत जनाइएको छ। उपत्यकामा चल्ने ७ हजार ५ सय मिटर टयाक्सीमध्ये धेरै जसो टयाक्सीले मिटरमा ‘अर्थिङ’ गरेर यात्रीहरू ठगिएको गुनासो बढेपछि महाशाखाले ‘फोकस वन’ नामक संस्थासँग मिलेर उक्त कार्यको थालनी गरेको महाशाखा प्रमुख प्रहरी उपरीक्षक रविराज क्षेष्ठले जानकारी दिनुभयो।यसअघि सो संस्थाले राजधानीका विभिन्न ठाउँमा हुने जामको बारेमा जानकारी लिन ४३२१ मा एसएमएस गरेपछि कुन ठाउँमा जाम छ त्यसको बारेमा जानकारी दिने गरेको थियो। पहिले उपत्यकामा मात्रै लागू गरिएको उक्त सेवालाई अब देशभर मुख्य राजमार्गमा लागू गरिएको ‘फोकस वन’ का अध्यक्ष अजित शाहले जानकारी दिनुभयो। नेपाल टेलिकम, मेरो मोबाइल र यूटीएलको मोबाइल प्रयोगकर्ताहरूले उक्त सेवा लिन सक्ने अध्यक्ष शाहले जानकारी दिनुभयो।सो संस्थाले निकट भविष्यमा नै अदालतमा मुद्दा खेपिरहेका र्सवसाधारणलाई अदालतमा विचाराधीन रहेको मुद्दाको बहस कुन समय र कति नम्बरमा परेको छ त्यो थाहा पाउने सफ्टवेयरको समेत विकास गरी एसएमएस गरेर थाहा पाउने काम पनि शुरुआत हुने अध्यक्ष शाहले बताउनुभयो। उपत्यकामा ४ सय ६५ प्रतिशतले सवारीसाधन वृद्धि भए पनि त्यसअनुसारका पूर्वाधार नभएकाले ट्राफिक जाममा कमी ल्याउन ट्राफिक प्रहरी महाशाखा लागिपरेको एसपी श्रेष्ठले जानकारी दिनुभयो।

No comments: