News

May 2, 2011

लादेनको समुद्रमा अन्त्येष्टि गरिएको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १९ - अल-कायदाका संस्थापक एवं प्रमुख ओसामा विन लादेनको मृत्यु भएको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हृवाइट हाउसबाट सोमबार टेलिभिजन सम्बोधन गर्दै लादेनको मृत्यु भएको दाबी गरेका छन् । लादेन पाकिस्तानको राजधानी इस्लामाबाददेखि ५० किलोमिटर उत्तरको अब्बोत्तावादमा अमेरिकी स्थल सेनाको कारबाहीमा मारिएको ओबामाले टेलिभिजन सम्बोधनमा भनेका छन् । उनको टाउकोमा गोली हानेर मारिएको समाचारमा जनाइएको छ । आक्रमणमा वीन लादेनका छोरासहित चार युवक पनि मारिएका अमेरिकी सरकारी स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । मारिएका वीन लादेनका छोरा हाज्मा पनि अल-कायदाका वरिष्ठ सदस्य भएको जनाइएको छ । आक्रमणमा उनका थुप्रै सहयोगीसहित ओसामा बीन लादेन मारिएका र उनको शवलाई अमेरिकी सैनिकले आफ्नो कब्जामा लिएको छ । लादेनको हत्याका लागि एक महिनाअघि देखि नै एक उच्चस्तरीय सैन्य अधिकारीको नेतृत्वमा सैन्य टोली परिचालन गरिएको उच्च प्रशासन अधिकारीले जनाका छन् । अमेरिकी राष्ट्रपति ओबामाले आतंककारी लादेनको मृत्युबाट आफूलाई गर्बवोध भएको बताएका छन् । उनले आतङ्ककारीबाट पीडित विश्व समुदायलाई न्याय दिलाउन अमेरिका सफल भएको बताए । ओबामाले विश्वभरका मुलुकलाई शान्तिपूर्ण बनाउने अभियानमा ढिलै भए पनि सफल भएको टिप्पणी गरेका छन् । उनले विश्वलाई नै शान्तिपूर्ण बनाउने आफ्नो अभियान जारी रहने प्रतिबद्धतासमेत जनाएका छन् । टेलिभिजन सम्बोधनमा ओबामाले १० वर्षसम्मको आतंकवादविरुद्धको लडाईंमा साथ दिने अमेरिकी जनता र युद्धमा निरन्तर खटिएका सैनिकहरुलाई धन्यवाद दिएका छन् । लादेन मारिएको समाचारबारे उनको संगठन अल-कायदाले कुनै प्रतिक्रिया जनाएको छैन । लादेन अमेरिकाको सर्वाधिक खोजीका व्यक्ति थिए । विन लादेन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्यूयोर्क र वासिङ्टनमा भएको हमलाका प्रमुख योजनाकार थिए ।

No comments: