News

May 18, 2011

जबर्जस्ती चन्दा उठाइरहेका लिम्बूवानका दुई कार्यकर्ताहरु पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट जबर्जस्ती चन्दा उठाइरहेका लिम्बूवानका दुई कार्यकर्ताहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम साँखेजुङ्ग १ का २७ वर्षिय सम्राट लोक्ताम र सोहि गाविसका ३४ वर्षिय भिम लोक्ताम रहेका छन् । उनीहरु मञ्च सम्वद्ध संघिय लिम्बूवान राज्य परिषद (कुमार) लेङ्गदेन समर्थकका कार्यकर्त रहेको जनाइएको छ । पक्राउ पर्ने मध्य सम्राट परिषदका जिल्ला सदस्य र भिम साधारण सदस्य रहेको जनाइएको छ ।


No comments: