News

May 6, 2011

हत्याका अभियुक्त सापकोटा मन्त्री / राष्ट्रसंघको आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघले सूचना तथा सञ्चारमन्त्रीमा अग्नि सापकोटालाई गरिएको नियुक्तिबारे नेपालबाट जनाइएको मानवअधिकारप्रतिको प्रतिबद्धता उल्लंघन भएको बिहीबार दाबी गरेको छ। नयाँ मन्त्रीका रूपमा सापकोटा बुधबार नियुक्त हुनुभएको हो। नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले मन्त्री सापकोटाविरुद्ध मानवहत्या गरेको अभियोग लागेको दाबी गरेको छ। सो कार्यालयद्वारा जारी विज्ञप्तिमा मन्त्री सापकोटाले सन् २००५ मा अजु लामाको हत्या गरेको आरोप लगाइएको छ। उहाँविरुद्ध सो आरोप सन् २००८ मा दर्ता भएको थियो। लामाको हत्याका सम्बन्धमा सर्वोच्च अदालतद्वारा अनुसन्धान प्रक्रिया जारी राख्न दिएको निर्देशनको टुंगो नलाग्दै सापकोटालाई मन्त्री पदमा बहाली गर्नु नेपालले मानवअधिकारप्रति जनाएको प्रतिबद्धताको उल्लंघन हो भनिएको छ। अदालतले उनीविरुद्धको अनुसन्धान जारी राख्न दिएको निर्देशनको पालना नभएकोमा सो कार्यालयले आपत्ति जनाएको छ। सो कार्यालयले सापकोटालाई मन्त्री पदमा नियुक्त गर्नुपूव लामाको हत्याराको नाम घोषणा गर्नुपर्ने जनाएको छ। सापकोटालाई मन्त्रीमा गरिएको नियुक्तिले मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षामा नेपालले व्यक्त गरेको प्रतिबद्धताको उल्लंघन भएको दाबी गरिएको छ।

No comments: