लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/निर्मल श्रेष्ठ

दोस्रो गीतमा भने उनले हितैषी मित्र खेमराज गुरुङलाई खोजे । ‘वारीजमुना पारी जमुना...’, हो तिनै खेमराज जसका गीतले कुनै जमानामा सर्वाधिक चल्तीको इतिहास कोरेको थियो । केही महिनाअघिदेखि हङकङमै रहेका तिनै गायक राजेशको निम्तोमा स्टेज चढे । परर... ताली बज्यो अनि दुबैले सँगै भाका हाले, ‘सिरमा फुल्यो सिरबन्दी...।’ गायक द्वयले दर्शकहरुलाई सँगै नाचगान गर्न अनुरोध मात्र के गरेका थिए । बहाना खोजेर बसेका यिनलाई निहुँ पुगिहाल्यो । दर्जनबढी दर्शकहरु स्टेजमै चढेर भनेजस्तै गरे । खेमलाई बोलाइनुको कारण पनि थाहा लाग्यो उक्त गीतको शब्द संगीत उनैको रहेछ । त्यसपछि ओझेल भएका खेम फेरी दोहोरिएनन् ।
‘राई इज किङ’ लेखिएको फिक्का निलो टिसर्ट र निलै जिन्स पहिरिएका गायकले चुल्ठो समेत बाधेका थिए । राजेशलाई यस्तो पहिरनमा देख्दा भीड्मा एक युवती दौतरी सँग भन्दै थिइन् , ‘राजेशको जवानी बल्ल पो सुरु भएछ ।’ स्टेजमा भने राजेश भाका हाल्दै थिए, ‘मोहनी लाग्ला है गाउँलेको बोलीले...।’ चलचित्र ‘चिनो’ मा नायक शिव श्रेष्ठले यही गाएर कृष्टी मैनालीलाई मोहनी लगाएकै हुन् ।
राजेशले समेत हङकङेली दर्शकहरु सँग मोहनी लगाउन त्यही गीत रोजे । उनको रोजाई सही पनि ठहरियो । बच्चादेखि पाकासम्म ननाची रहन् सकेनन् । चल्तीका करिब दुईदर्जन गीत गाएका उनले आफु त असिनपसिन भएनै दर्शकहरुलाई समेत स्वास्थ्यको लागि लाभदायक हुने सुझाउदै स“गै नचाए । त्यसो त हङकङ नेपाली महासंघ द्वारा आयोजित उक्त कन्सर्टको उद्देश्य मनोरञ्जन मात्र भने थिएन् । मार्च एघारका दिन जापानमा गएको भूकम्प र सुनामी पीडित नागरिकहरुका लागि सहयोग जुटाउन उक्त कार्यक्रम आयोजित थियो । सहयोग रकम छिट्टै घोषणा गरिने आयोजकले बताए ।
No comments:
Post a Comment