News

Feb 15, 2012

छ हजार लडाकुलाई समायोजन गर्न सकिने' : प्रधान सेनापति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ३ प्रधानसेनापति छत्रमानसिंह गुरुङले सेना समायोजनसम्बन्धी साबिकको अडानबाट निकै लचिलो हुँदै '६ हजार माओवादी लडाकुको समूहगत समायोजन गर्न सकिने' प्रस्ताव गरेका छन्। वृहत शान्ति सम्झौताअनुसार लडाकुलाई व्यक्तिगत आधारमा मात्रै समायोजन गर्न सकिने अडान लिँदै आएको सेनाले सोमबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई त्यस्तो नयाँ प्रस्ताव बुझाएको बालुवाटार स्रोतले जानकारी दियो। शान्ति प्रक्रियाको आधारभूत सर्तका रूपमा लिइएको समायोजनका अन्य प्रावधानमा पनि सेना पहिलेभन्दा उदार देखिएको छ। प्रस्तावमा करिब ६० जनालाई मेजर र ३ सय ५० भन्दा बढीलाई अधिकृत तह दिन सकिने प्रस्ताव गरिएको छ। समायोजनपछि लिनुपर्ने 'ब्रिजकोर्स'मा पनि गुरुङले साबिकभन्दा निकै खुकुलो व्यवस्था गर्न खोजेका छन्। बालुवाटार स्रोतअनुसार पहिले १८ महिना भनिएको ब्रिजकोर्सलाई ९, १० महिना भनिएकाले ७ मा झारिएको छ। प्रधानसेनापति गुरुङले व्यक्तिगत रूपमा समायोजनको नयाँ प्रस्ताव पेस गरेका हुन्। यसबारे सेनाको उच्च तहमा छलफल भएको छैन। यसअघि सेनाले माओवादी लडाकु समायोजन क्रममा 'स्थापित सुरक्षा मापदण्ड' मा सम्झौता गर्न नसकिने र व्यक्तिगत आधारमा मात्र छनोट हुन सक्ने अडान राख्दै आएको थियो।

No comments: