News

Feb 3, 2012

आयोगले बुझाएको दुवै प्रतिवेदन मधेसी मोर्चालाई अमान्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २०,सभासद् लक्ष्मणलाल कर्णले राज्यपुनर्संरचना आयोगले सरकारलाई बुझाएको दुवै प्रतिवेदन मधेस विरोधी भएको आरोप लगाउँदै मधेसी मोर्चालाई अमान्य रहेको बताएका छन्। कर्णले कङ्ग्रेस र एमाले मधेस विरोधी पार्टी भएको आरोप लगाउँदै उनीहरुले तयार पारेको हुबहु प्रतिवेदन मधेसी मोर्चाले नमान्ने चेतावनी पनि दिए। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा तराई स्वतन्त्र न्याय मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभासद कर्णले भने– अब सङ्घीयताबाहेकको नेपाल कल्पना पनि गर्न सकिँदैन, सङ्घीयतामै यो देशको मुहार चम्कन्छ तर मधेस र मधेसी जनतालाई बाइपास गरेर सङ्घीयताको खाका तयार पारिन्छ भने त्यस्तो सङ्घीयता देशका लागि घातक हुन्छ। पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष भाग्यनारायण वैठाले संविधान निर्माण नगरी सङ्घीयताको नाममा मधेसलाई टुक्र्याउने खेलमा अन्य पार्टीसँगै मधेस पार्टीहरु पनि लागिपरेकाले तराई स्वतन्त्र न्याय मञ्चले भण्डाफोर अभियान सन्चालन गर्ने पनि उनले बताए।

No comments: