News

Feb 3, 2012

नवलपरासी बन्दका कारण जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भूमिहिनहरुले गरेको बन्दका कारण आज नवलपरासीको जनजीवन प्रभावित भएको छ । जोतभोगको आधारमा जग्गा धनी पूर्जा पाउनु पर्ने माग राखेर भूमिहिनहरुले आज नवलपरासी बन्दको घोषणा गरेका हुन् । सदरमुकाम परासीमा यातायातका साधन संचालन भएका छैनन् भने बजार ठप्प रहेको छ । यसैबीच, बन्द गराउँदै हिडेका कृषक हकहित संरक्षण मञ्चका अध्यक्ष शम्भु प्रसाद उपाध्यायसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । नवलपरासीको कुडिया, नर्सही, पक्लीहवा र गुठिप्रसौनीका १ सय ६० घरपरीवार भुमिहिन रहेको कृषक हकहित संरक्षण मञ्च नवलपरासीको भनाई छ ।

No comments: