लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २४ माओवादी अध्यक्ष पुष्पकमल दाहाल अस्वस्थ रहेको भन्दै आफ्ना पक्षले आयोजना गरेको जनआन्दोलन दिवसमा सहभागी भएनन् । माओवादीभित्रको अन्तर संघर्षका कारण दाहाल र उपाध्यक्ष बैद्य पक्षले शुक्रबार छुट्टछुट्टै जनआन्दोलन दिवस मनाएका छन् । 'अध्यक्ष दाहाल सञ्चो नभएकाले कार्यक्रममा सहभागी हुन सकेनन्' स्रोतले भने । अध्यक्ष दाहाललाई पखाला लागेको बताइएको छ । यद्यपी बिरामीको बहाना बनाएर गुटहरुको कार्यक्रमबाट पछि हट्न खोजेको हो की भन्ने पनि कार्यकर्ताहरुबीच चर्चा रहेको छ । दाहाल पक्षले बसन्तपुर र उपाध्यक्ष बैद्य पक्षले रत्नपार्कमा कार्यक्रम आयोजना गरेका छन् ।
No comments:
Post a Comment