लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङ्गेरी - हङ्गेरीका राष्ट्रपति पाल स्मिटले सोमबार राजिनामा दिएका छन् । उनले सन् १९९२ मा विद्यावारिधिका लागि तयार गरेका २०० पृष्ठको शोधपत्रमा अरुको प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोप लागी विद्यावारिधि खोसिएपछि राजिनामा दिएका हुन् । संविधान अनुसार राष्ट्रपतिले हङ्गेरी राष्ट्रको प्रतिनिधि बन्नुपर्छ । उनले संसदमा आफू विभाजनको संकेत बनेको भन्दै आफूले पद छाड्नुपर्ने कर्तव्य अनुभव गर्दै राजिनामा दिएको बताए । प्रधानमन्त्री भिक्टोर ओर्बानका नजिकका सहयोगी स्मिटले सन् २०१० को जुनमा राष्ट्रपति पद प्राप्त गरेका थिए । बुढापेस्टको सेमेलविस विश्वविद्यालयले उनको विद्यावारिधि खोसेको हो ।
No comments:
Post a Comment