लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २४,मिस नेपाल भएयता धेरैको आकर्षणको केन्द्र बनेकी सुन्दरी हुन्, माल्भिका सुब्बा। धेरै पुरुषका लागि डि्रम गर्ल बनेकी माल्भिका अब चाँडै कसैकी हुने भएकी छिन्। नेपाली सुन्दरीहरूमा बौद्धिक सुन्दरीको ट्याग भिर्ने माल्भिका अपिलिङ फिगरमा बेजोडको वाकपटुताले थप आकर्षक लाग्छिन्। तीनै माल्भिकाले विवाह गर्ने निधो गरेकी छिन्। रियाज श्रेष्ठका साथमा नयाँ वर्षको वैशाख १३ गते यी पूर्व नेपाल सुन्दरीले लगनगाँठो कस्ने पक्का भएको छ। साप्ताहिकसँगको विशेष कुराकानीमा माल्भिकाले भनिन्- 'हो हामीले विवाह गर्ने निर्णय गर्यौं, विवाहको निम्ता कार्ड नछापुन्जेल यस विषयमा कुनै पनि कुरा सार्वजनिक नगर्ने भन्ने थियो तर खबर बजारमा फैलिहाल्यो।' लामो समय अमेरिका बसेर हाल काठमाडौंमै बस्दै आएका रियाजसँगको उनको तीनवर्षे अफेयर विवाहमा परिणत हुन लागेको हो। कार्यक्रमका सिलसिलामा अमेरिका पुगेका बखत माल्भिकाले पहिलो पटक रियाजलाई भेटेकी थिइन्। पोष्ट प्रोडक्सनमा रहेको गुड बाई काठमाडौंकी यी नायिका र रियाजबीचको अफेयरका समाचार बेलाबखत आइरहे पनि उनीहरूले आफ्नो सम्बन्धका बारेमा खासै जानकारी दिएका थिएनन्। साप्ताहिकले केही समयअघि कुराकानी गर्दा प्रेमका बारेमा मज्जाले खुलेर बोलेकी माल्भिकाले विवाहको निधो नहुन्जेलसम्म प्रेमी रियाजको नाम सार्वजनिक नगर्न आग्रह गरेकि थिइन्।
No comments:
Post a Comment