लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत २४- लन्डनमा चार महिनापछि हुने ओलम्पिक खेलकुद उद्घाटनको एउटा हिस्सेदार नेपाल पनि बन्दैछ। भव्य उद्घाटनकै सिलसिलामा विश्वको सर्वोच्च शिखर सगरमाथामा ओलम्पिक झन्डा फहराउने कार्यक्रम तय भएको छ। झन्डा फहराउने जिम्मा पाएका छन्, नेपाली पर्वतारोही फुर्वा शेर्पाले। १९ पटक सगरमाथा आरोहण गरिसकेका शेर्पा लन्डन ओलम्पिकको झन्डा लिएर मे महिनामा सगरमाथा चढ्दै छन्। 'नयाँ ढंगमा ओलम्पिक उद्घाटन गर्ने उद्देश्यले हामी विश्वको सर्वोच्च शिखर सगरमाथामा झन्डा फहराउने निर्णयमा पुगेका हौं,' लन्डन ओलम्पिककी प्रमुख मिडिया अफिसर सुशान क्राउनले केही दिनअघि आफ्नै कार्यालयमा नागरिकसँग भनिन्। उनका अनुसार सगरमाथा चुचुरोमा ठूलो र सानो गरी ओलम्पिकका दुइटा झन्डा फहराइनेछ। सानो झन्डा त्यहीँ छोडिनेछ भने ठूलोलाई लन्डन फिर्ता ल्याएर ओलम्पिकको औपचारिक उद्घाटन कार्यक्रममा फहराइनेछ।
No comments:
Post a Comment