News

Apr 5, 2012

बैशाख १५ मा संविधानको पहिलो मस्यौदा ल्याइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २३ प्रमुख दलका शीर्ष नेताहरुसहितको संविधानसभा कार्य ब्यवस्था परामर्श समितिको ब‌ैठकले बैशा पाँच गतेसम्म पनि विवादित विषयमा सहमति नजुटे भोटिङबाट छिनोफानो गर्ने सहमति गरेको छ । बैठकमा चैत मसान्तसम्म मात्र सहमतिको प्रयास गर्ने प्रस्ताव गरिएको भएपनि बैशाख ५ गतेसम्म सहमतिको प्रयास गर्ने तय भएको हो । बैशाख ५ गतेसम्ममा पनि सहमति नभए ६ र ७ गते संविधानसभाको बैठक बसेर विवादित विषयहरुमा भोटिङ गरेर निर्क्यौल निकालिने छ । 'अब संविधान बन्छ' बैठक पछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले संवाददाताहरुसंग भने, 'संविधान बन्ने आधार तय भएको छ । तीन दलमा विवादित बिषयहरुमा ३० गतेसम्ममा सहमति गर्ने सहमति भएकाले अव संविधान बन्छ ।' काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संविधानको पहिलो र पूर्ण मस्यौदा बैशाख १५ मा तयार गरी संबैधानिक समितिमा पेश गरिने बताए । अव नयाँ संविधानका लागि राज्य पुनर्संरचना, शासकीय स्वारुप, निर्वाचन प्रणालीलगायतका ११ विषयमा सहमति जुट्न बाँकी रहेको छ । बैठकमा दाहाल, पौडेल, एमाले अध्यक्ष झलनाथ खनाललगायत सहभागी थिए ।

No comments: