News

Apr 5, 2012

विश्वमा गैरकानुनी सुर्तीको व्यापारलाई रोक्न सम्झौता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनेभा– विश्व भरी गैरकानुनी तरिकाले हुने सुर्तीको व्यापारलाई रोक्नको लागि विश्वका १३५ राष्ट्रहरुका वार्ताकारले सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौताले यी मुलुकका सरकारहरुलाई थप ५० अर्ब अमेरिकी डलर कर हुन उपलब्ध सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वार्ताकारको समूहको अध्यक्षता गरेका इयान वाल्टन जोर्जले गैरकानुनी रुपमा सुर्ती व्यापार खतराजन्य भएको बताए । यसले युवा, गरिब जनताको आतमा सस्तो र गैरकानुनी चुरोट उपलब्ध गराउने उनले बताए । यस अभिसन्धिलाई नोभेम्बरमा सोलमा हुने मन्त्रीस्तरीय बैठकले पारित गर्ने पनि संगठनले जनाएको छ । यसबाट ४० देखि ५० अर्ब अमेरिकी डलर कर उठ्ने विश्वास गरिएको छ ।

No comments: