News

Apr 7, 2012

बेलायती प्रधानमन्त्री क्यामरुनलाई ज्ञापनपत्र बुझाउने गोर्खाको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायती सेनामा कार्यरत पूर्व गोर्खा आर्मीहरुले आफुहरुमाथि मानव अधिकार उल्लंघन भएको बताउँदै अप्रिल २४ मा प्रधानमन्त्री डेबिड क्यामरुनलाई भेट्ने भएका छन् । अप्रिल २४ गोर्खा सैनिकका लागि पिडादायी दिन भएको स्मरणमा विरोध स्वरुप प्रधानमन्त्री क्यामरुनलाई उनीहरुले भेट्ने भएका हुन् । प्लमस्टिडस्थित समाजसेवी कृष्ण आलेको निवासमा शुक्रबार भेला भएका गोर्खाहरुले १० डाउनीङ स्ट्रिटमा २४ अप्रिलको १२ बजे नै भेला भई क्यारुमनलाई ज्ञापनपत्र समेत बुझाउने जानकारी दिए । ज्ञापनपत्रमा रिडन्डेन्सीमा परेकाहरुलाई पेन्सन दिनुपर्ने, नेपाली संस्कार अनुसार १८ वर्ष उमेर नाघेका छोराछोरीहरुलाई बेलायत आउने वातावरण बनाउनुपर्ने र समान पेन्सनको मागलाई उठाइने आन्दोलनको अगुवाई गरीरहेकी मानवअधिकारकर्मी बबी वासले बताइन् । बेलायती सरकारले गोर्खाहरुमाथि ठुलो विभेद गरेको बताउँदै उनले त्यसका विरुद्ध आन्दोलनलाई सशक्त बनाइने समेत जानकारी दिइन् ।

No comments: