लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनको मुख्यभूमि, स्वशासित क्षेत्र तिब्बत र विशेष प्रशासनिक क्षेत्र हङकङ गरी चिनियाँ जेलमा विशेषत लागूपदार्थ तस्करीमा सजाय पाइरहेका ९२ नेपाली कैदीहरु छन् । चिनियाँस्थित नेपाली दूतावासका अनुसार पछिल्लो तथ्यांकमा नेपाली कैदीहरु ५१ हङकङ, ३२ ल्हासा र ९ चीनस्थित विभिन्न जेलमा रहेको छ । जेलमा रहेकाहरुमध्ये केहि महिनादेखि आजीवन सजाय पाउने सम्मका रहेका छन् । चीनका जेलमा रहेका ९ कैदीहरु प्राय सबै नै लागुपदार्थ तस्करीमा आरोपित रहेका छन् । यस्तै गरी तिब्बतको जेलमा परेका ३२ नेपालीहरु मध्ये १६ जना लागूपदार्थ तस्करीका आरोपमा र बाँकी वन्यजन्तु तथा मानव तस्करी, लुटपाट लगायतका आरोपमा सजाय पाइरहेका छन् । २० देखि ६० बर्ष उमेर समूहका यी नेपालीहरु सन् २००४ यता समातिएको नेपाली महावाणिज्य दूताबासले बताएको छ । यस्तै गरी हङकङस्थि विभिन्न जेलमा रहेका ५१ जना नेपालीमध्ये ४४ जना पुरुष र ७ जना महिला रहेका छन् । सजाय भोगिरहेकाहरुले लागूऔषधबाहेक हत्या, बलात्कार, मारकाट, ठगी, चारी लगायत आरोप लागेका छन् । मुख्यभूमि चीनमा लागूपदार्थ तस्करी गर्नु जघन्य अपराध मानिन्छ । यस्ता कारोबार गर्नेलाई फाँसीको सजायसम्म हुन सक्ने त्यहाँको कानुनी प्रावधानमा रहेको छ ।
No comments:
Post a Comment