लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन - अमेरिकी अधिकारीका अनुसार सन् २००९ को 'अन्डरवेयर बम' जस्तो अर्को एक षड्यन्त्र असफल पारिएको छ । यो षड्यन्त्र यमनमा अलकायदाहरुले रचेका थिए । अलकायदा प्रमुख ओसामा बिन लादेन मारिएको वर्ष दिन पुगेको मौकामा आक्रमण गर्न तयारी भएको थियो । अमेरिकी संघिय जाँच संस्था (एफबिआई) का अनुसार विस्फोटक उपकरणको प्रविधि र फोरेन्सिक जाँच भइरहेको छ । प्राप्त जानकारी अनुसार उक्त षड्यन्त्र असफल पारिँदा हमलाको लक्ष्य बनाइएको थिएन तथा विमानको टिकट खरिद गरिएको थिएन । एफबिआईले भनेको छ, "विदेशमा हाम्रो सुरक्षा र गुप्तचर सहयोगीबीचको सहकार्यबाट विस्फोटक उपकरण बरामद गरिएको छ । उक्त विस्फोटकबाट विदेशमा आतंकवादी हमला गर्ने षड्यन्त्र रचिएको थियो । '
No comments:
Post a Comment