News

May 10, 2012

हङकङमा संयुक्त लिम्बुवान वैठक, संघर्ष समितिसंग एकता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/आम्भु जेठा, 
 हङकङ, १० मे,संयुक्त लिम्बुवान मोर्चा हङकङको वैठक वुधवार साँझ नेपाली महासंघ हङकङको कार्यालयमा वसेको छ । वैठकमा नेपालमा नजिकिदै गरेको संविधान सभा र लिम्बुवानको विषयमा छलफल भएको जानकारी वैठकका संयोजक कृष्णराज लावतीले दिए । फोटो: आम्भु जेठा । वैठक सकिए पछि सामुहिक तस्विर खिचाउदै । संयुक्त मोर्चाको वैठकमा नेपालमा नव गठित संयुक्त लिम्बुवान संर्घष समिति संग कार्यगत एकता गरि अघि वड्ने संवन्धमा विभिन्न विषयहरु प्रस्तुत भएको थियो । लोकतान्त्रिक लिम्बुवन मञ्चका संयोजक ओमराज सम्वाहाम्फे, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समितिको सचिव रविन लिङदेनले जातिय पहिचान सहितको संघियताको लागि जनजाति सभासदहरुलाई दवाव दिनुपर्ने वताएका छन । लिम्बुवान पहिचान सहितको माग अघि सार्दै आन्दोलनरत संघर्ष समितिको विभिन्न कार्यक्रमलाइ स्वागत गरेका छन । उक्त समितिलाई यहाँबाट हुनसक्ने सहयोग गर्ने वताएका छन । लिम्बुवान मोर्चाका अध्यक्ष दिल पालुङवाले नौ जिल्ला सहितको लिम्बुवान राज्य हुनुपर्ने धारणा राखेका थिए । उनले नेपालमा आन्दोलनरत लिम्बुवान संघर्ष समिति संग कार्यगत एकता जनाउने धारण राखे । मञ्च संवन्द्घ संघिय लिम्बुवान राज्य परिषद, प्रवास कार्य समिति हङकङको तर्पmबाट झरमान लिङदेनले आइ एल ओ १६९ को आधारमा जातिय पहिचान सहितको नौ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने वताए । लिम्बुवान मुक्ति मोर्चा हङकङका अध्यक्ष प्रकाश याक्सो र सचिव देवेन्द्र शेर्माले कुनै पनि हालतमा नै जिल्ला भन्दा कम भएको संविधान नमान्ने विचार राखेका थिए । नेपालमा संयुक्त लिम्बुवान संघर्ष समितिको तर्फ बाट भइरहेको आन्दोलनलाइ पुर्णरुपमा सहयोग गर्ने सहमति भएको थियो । दमकमा यहि वैशाख ३० मा हुदै गरेको आम सभालाइ यहाँको संयुक्त मोर्चाले रकम सहित नैतिक समर्थन गर्ने वैठकले घोषणा गरेको छ । केहि रकम पठाइ सकेको जानकारि वैठकमा सहभागि नेताहरुले गराएको छ । किरात याक्थुङ चुम्लुङ हङकङको संयोजकत्वमा भएको वैठकमा यहाँको सवै लिम्बुवानवादी संघ–संगठनहरुको उपस्थितिमा उक्त वैठक वसेको थियो । वैठकको अध्यक्षता चुम्लुङको अध्यक्ष कृष्णराज लावतिले गरेका थिए । चुम्लुङको सचिव नन्द चङसु, उपाध्यक्ष हस्त लिवाङले आ–आफ्नो धारणा राखेका थिए ।

No comments: