News

May 10, 2012

माओवादीको १४ प्रदेशको प्रस्तावको समर्थनमा सभासदको एक समूह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मधेसी मोर्चा सम्बद्ध सभासदले एकीकृत माओवादीले प्रस्ताव गरेको १४ प्रदेशको राज्यपुनसंरचनाको प्रस्तावलाई समर्थन गर्ने भएका छन् । माओवादीको प्रस्तावलाई समर्थन गर्ने सभासदमा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका गरी ३५ जनाले हस्ताक्षर गरेका छन् । यो प्रस्तावको समर्थन गर्ने सभासदमा मुस्लिम र दलित सभासद समेत समेटिएका छन् । आदिवासी जनजाति, मधेसी लागयतका विभिन्न समूहका सभासदहरुको समूहले माओवादीको प्रस्तावलाई समर्थन गर्ने समर्थन पत्रमा हस्ताक्षर गरेका हुन । यसरी एकजुट भएका सभासदले एकल पहिचानमा आधारित राज्य पुनर्संरचना तथा राज्यको शक्ति बाँडफाँट समितिको प्रतिवेदन एवम् राज्य पुनसंरचना उच्चस्तरीय आयोगको बहुमतको प्रतिवेदलाई आधारमा मानी राज्य पुनसंरचना गर्नु पर्ने पक्षमा उभिएका छन् । यस्तो निर्णयको समर्थन गर्ने सभासद्मा विजय कुमार गच्छादार, हृदयेश त्रिपाठी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, देव गुरुङ, पासाङ, शेर्पा, दलबहादुर राना, लगायतका विभिन्न दलका सभासद रहेका छन् ।

No comments: