News

Apr 20, 2013

बोस्टन बम बिस्फोट अभियुक्त पक्राउ परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बैशाख ७- अमेरिकाको बोस्टन बम बिस्फोटमा संलग्न दुई अभियुक्त मध्ये फरार रहेका एक जनालाई प्रहरीले खोजेर पत्ता लगाएरै छाडेको छ । दुई मध्ये एक प्रहरी कारबाहीमा मारिएपनि अर्का भने भागेका थिए । तर अमेरिकाको वाटरटाउन शहर नै घेरा हाली प्रहरीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो । गत सोमबार बोस्टन शहरमा गराइएको बम बिस्फोटमा संलग्न दुई दाजुभाईलाई सीसीटीभी फुटेजका आधारमा खोजिएको थियो । चेचेन्याका नागरिक रहेका ती दुई दाजुभाई ११ बर्षदेखि अमेरिकामा बस्दै आएका थिए । प्रहरीले ती दुईको स्केच बनाएर खोजी गरेको थियो । दाई मारिएलगत्तै भागेका भाईलाई २४ घण्टाभन्दा बढीको खोजी अभियानपछि प्रहरीले पक्रेको हो । उनलाई वाटरटाउनस्थित एक डुंगामा लुकिरहेको अवस्थामा प्रहरीले घेरा हालेर पक्रेको हो । बोस्टन म्याराथनमा बम बिस्फोट गराएको दुई दिनपछि ती दाजुभाईले म्यास्याच्युसेट इन्ष्टिच्यूट अफ टेक्नोलोजी परिसरमा रहेका सुरक्षाकर्मीलाई पनि गोली हानी हत्या गरेका थिए । ती दुबैलाई सन् २०११ मा अमेरिकी जाँच एजेन्सी एफबीआईले शंकास्पद अवस्थामा पक्राउ गरी छोडेको पनि बताइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले अभियुक्त पक्रन सफल भएको भन्दै धैर्य गर्न जनतासमक्ष अपील गरेका छन्

No comments: