News

Apr 20, 2013

चीनको सिचुवानमा भूकम्प, १ सय २ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
७ वैशाख,चीनको दक्षिणपश्चिमी सिचुवान प्रान्तमा सश्निबार शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय २ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । उद्दारकार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सरकारी समाचार एजेन्सी सिन्हृवाले जनाएको छ । स्थानीय समय अनुसार बिहान ८ बजेर दुई मिनेट जाँदा सिचुवानको याआन शहरको लुशान गाउँ नजिक केन्द्र बनाएर ७ रेक्टरस्केलको भूकम्प गएको थियो । याआनबाट १ सय ४० किलोमिटर टाढा पर्ने सिचुवानको राजधानी शहर चेङ्गदु तथा गुईझोउ, गाङ्गसु, साङ्गसी र युन्नान प्रान्तमा पनि स्थानीय बासिन्दाले २० सेकेन्ड सम्म भुकम्पको झट्का महसुस गरेका थिए । भूकम्पमा परेकाहरुको उद्धारका लागि ६ हजार भन्दा बढी सैनिक, उद्धारकर्मी तथा प्रहरी खटिएका छन् । राष्ट्रपति सी जिनपिङले उद्धारमा सबै स्रोत साधन परिचालन गर्न निर्देशन दिनु भएको छ । चिनको सिचुवानमा सन २००८ मा ८ रेक्टरस्केलको भुकम्प जाँदा झण्डै ९० हजार जनाको ज्यान गएको थियो ।

No comments: