News

Oct 14, 2008

सबै भाषाभाषी र कला संस्कृतिको जगेर्नामा ध्यान दिनुपर्ने - महन्थ ठाकुर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा संविधानसभासद् महन्थ ठाकुरले सबै भाषाभाषी र कला-संस्कृतिको जगेर्नामा राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ । महोत्तरी जिल्लाको इकरहियामा नेपाल मैथिली समाज तथा पुस्तकालय, इकरहियाले आयोजना गरेको कोजगरा महोत्सवको उदघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले मुलुकभरका भाषा र संस्कृतिलाई काखापाखा गरिने पुरानो परम्परा अब तोडिने बताउँदै त्यसका लागि भाषाविद्, संस्कृतिविद् र कलापारखीहरू सजगतापूर्वक अघि बढ्नु आवश्यक रहेकोमा जोड दिनुभयो । अध्यक्ष ठाकुरले निर्दिष्ट समयसीमाभित्रै संविधान लेखनको काम पूरा गर्न आफ्नो दल सक्रियतापूर्वक लागिरहेको जानकारी पनि दिनुभयो ।

No comments: