लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लमजुङको एक विद्यालयका पियनको २७ वर्षसेवा गर्दा पनि तलब ८ सय ५० मात्रै पुगेको छ। पश्चिम लमजुङको धुसेनी गाउँ विकास समिति वार्ड नं ५ कोइरालाफाँटका शमशेरबहादुर थापाले सिद्धिसदन प्राथमिक विद्यालयमा महिनाभर सेवा गरेबापत उक्त पारिश्रमिक पाउने गरेका हुन्। गणतन्त्र नेपालको प्रथम सरकारको बजेटमा सबैलाई २ हजारभन्दा बढी तलब बढाए पनि थापालाई भने कागलाई बेल पाक्यो हर्षन विष्मात’ भएको छ। आफूसरह साथीहरुको तलब वृद्धि भए पनि उनलाई केही मतलब छैन। बरु उनलाई त्यही जागिर पनि फुत्किन्छ कि भन्ने डर छ। २०३८ साल फागुनबाट सिद्धिसदन प्राविमा पियन काम गर्दै आएका थापाले सोही विद्यालयमा २७ वर्षकाम गरिसकेका छन्। शुरुमा तलब १ सय ५० मात्रै थियो’ उनले भने, पछि ३ सयसम्म पाएँ, अहिले जम्मा ८ सय ५० पाउँछु।’ निःसन्तान थापा आफैंले वृद्धा श्रीमतीलाई जागिरबाटै पालेका छन्। महँगीले आकाश छोएको छ, बुढेसकालमा अरु काम गर्न पनि सक्दिनँ’ थापाले भने, तलबमा वृद्धि हुँदैन, भनुँ भने जागिर पनि नदेला भन्ने डर, खै अब कसरी बाच्ने।’ उनले आŠनो तलब बढे आŠनो र श्रीमतीको जीवन राम्रोसँग पाल्न सकिने बताए। २७ वर्षम्म पियनको जागिर खाए पनि थापा अझै स्थायी हुन सकेका छैनन्। सरकारले उनको तलबका लागि एक पैसा पनि छुट्टाएको छैन। उनलाई सरकारीबाट नभएर विद्यालयको आन्तरिक कोषबाट तलब खुवाइएको छ। विद्यालयका प्रधानाध्यापक रामनाथ पाण्डे भन्छन्, आन्तरिक कोषमा त्यतिको रकम पनि हुँदैन’ उनले भने, बरु उनी काम गर्न सक्ने अवस्थासम्म जागिर दिन्छु।’ उनले थपे, सरकारले प्रशासनिक खर्चमा वृद्धि गरे थापाको तलबमा केही वृद्धि गर्न सकिन्छ।’
No comments:
Post a Comment