News

May 14, 2009

जहाज किन्न निगमलाई १० अर्ब रुपैयाँ ऋण दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई दुई ठूला आकारका जहाज किन्न कर्मचारी सञ्सञ्चयचसञ्चयय कोषले १० अर्ब रुपैयाँ ऋण दिने भएको छ । जहाज किन्न निगमले पहिलो पटक सञ्चय कोषसंग ऋण लिन लागेको हो । जहाज अभावमा यात्रु र अन्तर्राष्ट्रिय सेक्टर गुमाउँदै आएको निगमले सन् २०१० अन्त्यसम्म ती जहाज किन्न सञ्चय कोषसँग ऋण लिन लागेको हो । दुई जहाज खरिद गर्न गत चैत २५ मा निगमले टेन्डर मागेको थियो ।'१० अर्ब ऋणका लागि सञ्चय कोष साचालक समिति र निगमबीच सहमति भएको छ' निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नागरिकसँग भने 'त्यति रकमले एउटा ठूलो र अर्को सानो जहाज किन्छौं।' १ सय ४० देखि १ सय ९० सीट क्षमताको न्यारो सानो र २ सय ४० देखि ३ सय १० सीट क्षमताको जहाज वाइड ठूलो बडी हो ।सुरुमा टेन्डर माग्दा वाइड र न्यारो बडी उल्लेख गरेको निगमले केही दिनपछि दुईवटै न्यारो बडी भए पनि खरिद गर्ने उल्लेख गरेर टेन्डर परिमार्जन गरेको थियो ।विदेशी दाता वा बैंकसँग ऋण लिएपछि विदेशी मुद्राको मूल्य बढेमा ब्याज पनि धेरै तिर्नुपर्नेलगायत विभिन्न समस्याका कारण नेपालमै ऋण खोजिएको उनले बताए । 'सञ्चय कोषले कति प्रतिशत ब्याजमा कति वर्षका लागि ऋण दिन्छ यसबारे एक सातापछि छलफल हुँदैछ' उनले भने 'दुवै पक्षबीच सैद्धान्तिक सहमति भैसकेकाले ऋण पाउने निश्चित छ।' वित्तीय सहयोगका लागि विदेशी दाता वा बैंकसँग कुराकानी नभएको उनले बताए ।उनका अनुसार निगमले अमेरिकी बोइङ कम्पनी वा युरोपको एयरबस कम्पनीमध्ये कुनै एकको जहाज खरिद गर्नेछ । जहाज निर्माताबाहेक अरुले टेन्डर हाल्न पाउँदैनन् । स्थानीय एजेन्ट पनि सहभागी हुन पाउँदैनन् । जहाज खरिद प्रकि्रया पूर्णतः पारदर्शी हुने कंसाकारको दाबी छ । 'बोइङ र एयरबससँग प्रत्यक्ष डिल हुनेछ' उनले भने 'न्यारोलाई ५ अर्ब र वाइड बडीलाई ८ अर्ब रुपैयाँ पर्छ । आगामी डेढ वर्षभित्र निगमले जहाजका लागि करिब १५ अर्ब रुपैयाँ खर्च गर्नेछ ।'सन् २०१० सुरुमा न्यारो बडी र अन्त्यमा अर्को वाइड वा न्यारोमध्ये एक खरिद गरिसक्ने उनले बताए । निगमले आगामी जेठ ८ मा जहाजको टेन्डर खोल्नेछ । 'दुई जहाजको १० वर्षसम्म साचालन खर्च स्पेयर पार्ट्स मर्मतसम्भार खर्च तेल खपत प्रतिसिट खर्चलगायत सबै हिसाब गरेर जहाज लिन्छौं' उनले भने- 'नयाँ जहाज आएपछि लन्डन र प्रु्यांकफर्ट उडान गर्छौं ।'उनका अनुसार न्यारो बडीबाट काठमाडौं-दुबई-लन्डन र वाइडबाट सिधा लन्डन उडान हुनेछ । आगामी केही वर्षभित्र मुम्बई संघाई ल्हासा ओसाका सिंगापुर अस्ट्रेलिया र अमेरिका गन्तब्य थप्ने योजना छ । 'कुनै पनि हालतमा जहाज किन्छौं' उनले भने- 'केही महिना घाटा भएर केही हुँदैन । नाफाघाटा हुनु स्वभाविक हो ।'कसको जहाज उपयुक्त हुन्छ भन्ने अध्ययनसहित सुझाव पेस गर्न नायवमहाप्रबन्धक गणेश ठाकुरको संयोजकत्वमा गठित समितिले दुई कम्पनीमध्ये जुनबाट जहाज लिए पनि हुने बताएको थियो । चालू आर्थिक वर्षको बजेटमा निगमलाई जहाज किन्न सरकार ग्यारेन्टी बस्ने घोषणा भएपछि दुबै कम्पनी जहाज बेच्न नेपाल आएका थिए । गत पुस २ गते एयरबस र २५ मा बोइङ टोलीले काठमाडौं आई निगम अधिकारीलाई जहाजबारे जानकारी गराएका थिए । लगत्तै निगमले उक्त समिति गठन गरेको थियो । यी दुवै कम्पनीको सुझाव पनि २ सय सिटसम्मको जहाज किन्न उपयुक्त हुने थियो । 'जहाज आएपछि सेक्टर थपिन्छ' कंसाकारले भने 'जोखिम बहन नगरी व्यापार हुँदैन । जसले सुपथ मूल्यमा उपलब्ध गराउँछ उसैको जहाज लिइनेछ । यसमा राजनीतिक हस्तक्षेप हुने छैन ।'हवाईमार्ग हुँदै नेपाल आउने कुल पर्यटकको ८ प्रतिशत निगमका जहाजले ल्याउने गरेको छ । यसलाई विस्तार गर्न जहाज थप्न लागिएको कंसाकारले बताए । निगमसँग हाल बोइङ कम्पनीसँग खरिद गरिएका २० र २१ वर्ष पुराना दुई ७५७ जहाज छन् । निगमका पाइलट र इन्जिनियर सबै बोइङमा तालिमप्राप्त छन् ।करिब १ हजार ४ सय कर्मचारी रहेको निगमले जहाज उडानबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्ड ह्यान्डलिङ' गरेबापत वार्षिक झन्डै १ अर्ब रुपैयाँ आम्दानी गर्छ । निगमले आन्तरिकतर्फ देशका २६ गन्तब्य तथा अन्तर्राष्ट्रियतर्फ नयाँ दिल्ली हङकङ बैंकक दुबई दोहा र क्वालालम्पुर सेक्टरमा उडान गर्छ ।

No comments: