News

May 14, 2009

अपरिचित पुरुषलाई गाउँलेहरुले जिउँदै जलाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ३१- सप्तरीको पोर्ताहा गाविस-४ मा बिहीबार दिउँसो एक अपरिचित पुरुषलाई गाउँलेहरुले जिउँदै जलाएका छन्। एक ११ वर्षीया बालिकालाई ललाई-फकाई चकलेट खुवाउँदै गर्दा बालिकाको अपहरण गर्न आएको भन्दै गाउँलेहरुले जिउँदै जलाएका हुन्।नाम थर खुल्न नसकेका ती पुरुषको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।पोर्ताहा-४ बस्नेत शिवजी सरदारकी ११ वर्षीया छोरी मीना सरदारलाई चकलेट खुवाउन जवर्जस्ती गरेपछि स्थानीय बासिन्दाले ती पुरुषलाई समातेर कुटपिट गर्दै जलाएको भारदह प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रामविलास सिंहले बताए।बङ्गाली भाषा बोल्ने ती व्यक्तिका साथमा रहेका एक महिलासहित दुईजना फरार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।बालबालिकाको अपहरण गर्ने र आँखा निकाल्ने गिरोह सक्रिय रहेको हल्लाले सप्तरीवासीमा त्रास फैलिएको छ।जिल्लाको विभिन्न गाउँबाट शङ्काको आधारमा हालसम्म छ जना महिला तथा पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

No comments: