लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बस्तीबाट माथि उठेकी छिन् फ्रिदा पिन्टो । 'स्लमडग मिलेनियर'ले ओस्कारमा बाजी मारेसँगै फ्रिदाको 'भाउ' पनि हलिउड बजारमा अकासियो । त्यति मात्र कहाँ हो र, विश्वकै सुन्दरी र 'सेक्सी' नायिकाको
उपाधि पनि उनीसँग जोडियो ।सेक्सी फ्रिदाको सुन्दरता अझै राम्ररी देख्न पाइने भएको छ, जुलियान स्कानेबलको चलचित्र मिरालमा ।ओस्कार नोमिनेसनमा परिसकेका निर्देशक जुलियान इजरायलका विभिन्न स्थानमा पिन्टोका दृश्य खिच्न व्यस्त छन् अहिले । सो फिल्ममा फ्रिदालाई 'सिम्पल' सुन्दरीका रूपमा देखाइनेछ । हलिउडको अर्को फिल्ममा प्रभावकारी रूपमा देखा पर्न फ्रिदाले अरेबिक भाषासमेत सिकिरहेकी छिन् । उनको भूमिकाको चरित्रले फिल्ममा अरेबिक लबजमा अंग्रेजी बोल्छ । त्यसैको अभ्यासका लागि उनी अरेबिक भाषा सिक्न लागिपरेकी हुन् ।प्यालेस्टाइनी महिलाको वास्तविक जीवनकथामा रुला जेबरियलद्वारा लिखित पुस्तकलाई आधार मानेर फिल्म निर्माण गरिएको हो । गत १९ अपि्रलमा सुटिङ सुरु गरिएको चलचित्र अगामी २०१० मा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।त्यस चलचित्रमा फ्रिदाको 'गेट अप'ले अहिले नै साइबर संसारमा तहल्का मचाइसकेको छ । दल होथीको म्युजिक भिडियो 'आई प्रमिस यु'मा 'हट' रूपमा प्रस्तुत भएर पनि उत्तिकै चर्चा पाइरहेकी छिन् फ्रिदाले ।

No comments:
Post a Comment