लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नवनिर्वाचित प्रधानमन्त्री माधवकुमार नेपालले ज्योतिषका सुझावका कारण सपथग्रहण तीन दिनपछि (मंगलबार) मात्र गर्ने भएका छन् । तर, सबैभन्दा उचित साइतमा सपथ लिए पनि नेपालका लागि भदौको
तेस्रो साता अनिष्ट छ भन्ने माधवकै ज्योतिषको भविष्यवाणी छ । नेपालका ज्योतिष आचार्य सन्तोष वशिष्ठले शुक्रबार नै सपथ लिने साइत जुराएका थिए । तर, नेपाललाई संसद्ले शनिबार मात्र प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । 'शुक्रबार अपराह्न निकै राम्रो साइत थियो, भारतका प्रधानमन्त्री मनमोहन सिंहले पनि त्यही साइतमा सपथ लिए,' ज्योतिष आचार्य सन्तोषले नयाँ पत्रिकासित भने । माधव नेपालका पारिवारिक ज्योतिष आचार्य सन्तोष नेपाल ज्योतिष परिषद्का प्रवक्ता र गोरखापत्र दैनिकका राशिफल लेखक हुन् । डिल्लीबजारस्थित उनको 'साधनाकक्ष'मा नेपालका धेरै राजनीतिकर्मी आउँछन् । एमाले वरिष्ठ नेता नेपाल प्रधानमन्त्री हुने पक्का भएपछि उनको परिवार निरन्तर रूपमा आचार्य सन्तोषको सम्पर्कमा छ । आचार्य सन्तोषकै सुझावअनुसार नेपालले मंगलबार मात्र सपथ लिने भएका हुन् । 'तर, कतिवेला सपथ लिने भन्ने विषयमा निर्णय दिन भोलि (आइतबार) बिहान म कोटेश्वर (नेपाल निवास) जाँदै छु,' आचार्य सन्तोषले भने । उनले मंगलबारका विभिन्न साइतमध्ये उपयुक्त साइतबारे राष्ट्रपति कार्यालयसँग सम्बन्ध राखेर निर्णय लिन नेपाललाई सुझाव लिने पनि बताए । उचित समयमा सपथ लिन प्रधानमन्त्री नेपाललाई दिएको सुझावबारे आचार्य सन्तोषले नयाँ पत्रिकासँग भने, 'मुहूर्त मुख्य कुरा हो, नराम्रो वेलामा गरेको कामको फल राम्रो हुँदैन । पुसमा रोपे धान फल्दैन, असारमा रोपे फल्छ ।'आचार्य सन्तोषले नेपालको कुण्डली पनि हेरेका छन् । 'उहाँको अहिले वृहस्पति र शुक्र अष्टम भावमा बसे पनि स्वभाव शान्त र सौहार्द छ । अहिले उहाँ शत्रु बनाउन नचाहने ग्रहमा हुनुहुन्छ,' उनले भने । तर, भदौको तेस्रो साता भने अनिष्ट आउने भविष्यवाणी उनले प्रधानमन्त्री नेपालका परिवारजनलाई पनि सुनाइसकेका छन् । उनका अनुसार २० भदौबाट माधव नेपालका साढे सातका दसा सुरु हुनेछन् । ' १४ भदौदेखि नै उहाँका लागि राजनीतिक अनिष्टको समय छ, २० गतेबाट त शनि प्रवेश गरेर साढे सातको दसा सुरु हुनेछ,' आचार्य सन्तोषले भने, 'तर २६ भदौसम्म बचे प्रधानमन्त्रीका रूपमा उहाँको आयु लम्बिनेछ ।'भदौको तेस्रो साता सुरु हुने साढे सातको दसाबाट बच्न सके प्रधानमन्त्री नेपालको सरकारले माघको तेस्रो सातासम्म काम गर्न सक्ने उनको भविष्यवाणी छ । '२४ माघदेखि फागुन पहिलो सातासम्म उहाँको अर्को खड्गो छ,' उनले भने, 'तर त्यो खड्गो काट्नुभयो भने उहाँको सरकार पूरै १४ महिना टिक्ने निश्चित छ ।' संविधान निर्माणका निर्धारित २४ महिनामा अब १२ महिनामात्र बाँकी छन् । निर्धारित समयमा संविधान बने माधव नेपालको सरकारले नै चुनाव गराउनुपर्नेछ ।

No comments:
Post a Comment