News

Apr 6, 2012

पहिचानसहितको संघीयता माग्दै आन्दोलन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २४ - स्वयत्ततासहित पहिचानमा आधारित राज्य पुनर्संरचनाको माग गर्दै करिव ६० वटा आदिवासी जनजाति संघसंस्थाहरुले साझा मोर्चा निर्माण गरी आन्दोलनको घोषणा गरेका छन् । राजनीति दल, दलका भातृ संस्था तथा सामाजिक संघसंस्थाहरुले आदिवासफ जनजाति संयुक्त संघर्ष समितिको गठनसमेत गरेका छन् । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी बैशाख १४ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो । कार्यक्रम अनुसार चैत ३० गते हिमाली र पहाडी जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय र तराईका जिल्लाहरुका राजमार्ग क्षेत्रमा प्रदर्शन गर्दै, बैशाख ९ गते बिद्यार्थीहरुले नारायणगढमा प्रदर्शन गर्ने, बैशाख १३ गते काठमाडौंमा मोटरसाइकल र्याली गर्ने र बैशाख १४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने कार्यक्रम राखेको छ । समितिले संविधानसभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समिति र राज्य पुनर्संरचना सुझाव आयोगले पहिचान र सामार्थ्यको आधारमा संघीय संरचना बनाउन सिफारिस गर्दा गर्दै पनि ठूला दलका नेताहरुको संकिर्ण सोचका कारणा पहिचानसहितको संघीयता स्वीकार गर्न नसकेको उल्लेख गरेको छ । '२०४६ सालकै संविधानलाई नयाँ अवतारमा ब्यूझाउने, पहिचान विनाको संघीयता वा संघीयता विनाको संविधान जारी गर्ने षड्यन्त्र गरिरहेको छ' समितिले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । समितिले जेठ १४ भित्रै आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र स्वायत्ततासहितको संघीयता, जातीय क्षेत्रीय स्वायत्ततालगायतको संबिधानन जारी गराउनको लागि आन्दोलनबाहेक बिकल्प नभएकोसमेत उल्लेख गरेको छ ।

No comments: